नेविकोको सुगर फ्रिडाइजेष्टिभ नयाँ प्याकेजिङमा

पोखरा, १२ चैत। नेपालकै जेठो बिस्कुट कम्पनि नेविको प्रालिले सुगर फ्रिबिस्कुट डाइजेष्टिभ नयाँ प्याकेजिङसहित बजारमा ल्याएको छ ।

पोखरामा शनिबार आयोजित पत्रकार भेटघाट तथा रि-लञ्चिङ कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे र नेविकोका ब्रान्ड एम्बासडर नायक शिव श्रेष्ठले संयुक्तरुपमा उक्त बिस्कुटको औपचारिकरुपमा प्रारम्भ गरेका हुन्।कार्यक्रमा प्रमुख अतिथि पालिखेले नेपाली उत्पादनलाई महत्व दिनुपर्नेमा जोड दिए। उनले नेविकोले बिस्कुटबाट विदेशिने करौडौँ रुपैयाँ देशभित्रै राख्न सहयोग गरेको बताउँदै आफूले बच्चैदेखि नेविकोका उत्पादन उपभोग गर्दै आएको स्मरण गरे।

कार्यक्रममा ब्रान्ड एम्बासडर नायक शिव श्रेष्ठले नेविकोजस्तो पुरानो कम्पनिको ब्रान्ड एम्बासडर हुन पाएकोमा गौरवबोध भएको बताए।

आफू नेविकोको पुरानो उपभोक्ता भएको भन्दै उनले स्वस्थ खाद्य पदार्थको अभावलाई यसले पूर्र्ति गरेको बताए ।

कम्पनिका कायममुकायम प्रमुख कार्यकारी अधिकृत केशव भट्टराईले नेविको नेपाली कम्पनि भएर पनि अन्तर्राष्ट्रियस्तरको उत्पादन दिन सफल भएको बताए।

प्रालिका ब्रान्ड म्यानेजर अरुण पौडेलले विदेशी बिस्कुटको तुलनमा डाइजेष्टिभ बिस्कुटको गुणस्तर उत्कृष्ट रहेको दाबी गरे।

उपभोक्ताको पाचन प्रणालीको सहजीकरण, तौल नियन्त्रण तथा सन्तुलन गरी कोलिस्ट्रोलरहित उत्कृष्ट स्वादमा बिस्कुट उपलब्ध रहेको पौडेलको भनाइ थियो ।

चलचित्र निर्देशक तथा निर्माता दीपक श्रेष्ठले डाइजेष्टिभ मधुमेह भएको वा नभएको दुवै उपभोक्ताका लागि उत्कृष्ट रहेको अनुभव सुनाए।

३ वर्ष अघिदेखि बजारमा उपलब्ध रहेको सुगर फ्रिडाइजेष्टिभ बिस्कुट हाल अन्तर्राष्ट्रियस्तरको प्याकेजिङमा उपलब्ध गराइएको सेल्स म्यानेजर प्रकाश कार्कीले जानकारी दिए।कार्कीका अनुसार बिस्कुट ११० ग्राम ५० रुपैयाँमा र २२० ग्राम एक सय रुपैयाँमा खरिद गर्न सकिने छ । सन् १९६४ देखि उत्पादन शुरु गरेको प्रालिले नेपाल गुणस्तर चिन्हृ तथा आइएसओ ९००१, २००८ को प्रमाणपत्र प्राप्त गरिसकेको गण्डकी इञ्चार्ज सुरज उपाध्यायले जानकारी दिए। नेबिकोले कोकोनट, ग्लुकोज, थिन आरारोट, खाजा, ट्रेकर च्वाइस, ट्रेकर च्वाइस -आँटा) लगायत बिस्कुट उत्पादन गर्दै आएको छ । कार्यक्रम सञ्चालन सञ्चारकर्मी रुपिन्द्र प्रभावीले गरेका थिए।

- अादर्श समाज सम्वाददाता