लामाचौर, माझठाना र मिजुरेमा भेला

पोखरा, ६ चैत। पोखरा लेखनाथ महानगरपालिका-१९ मा तरुण भेला भएको छ।

भेला उद्घाटन गर्दै कास्की काँग्रेसका सभापति कृष्ण केसीले पार्टीले युवालाई प्राथमिकता दिने बताए।

भेलामा कास्की काँग्रेसका उपसभापति हरि आचार्य, कोषाध्यक्ष लक्ष्मी पाण्डे, जिल्ला सदस्य मदन केसी, शंकर ढुंगाना, उमेशराज पराजुली, क्षेत्र नं. ३ का सचिव दीपेन्द्र मर्सारी, क्षेत्र नं. ४ का सचिव खिमलाल बास्तोला, तरुण क्षेत्र नं. १ का सभापति राधाकृष्ण तिवारी, २ का सचिव मिलन रायमाझी, काँग्रेस लामाचौरका इकाइ सभापति महेश्वर पौडेल, पुरुञ्चौरका सभापति दुर्गादत्त बास्तोलाले बोलेका थिए।

नेपाल तरुण दल पोखरा लेखनाथ महानगरपालिका-१९ का सभापति अजय भण्डारी ‘हिरु’ को अध्यक्षतामा भएको कार्यक्रममा कास्की काँग्रेसका पूर्व सदस्य पुष्पेन्द्र पाण्डेले स्वागत र बलबहादुर श्रेष्ठले सञ्चालन गरेका थिए।

त्यसैगरी, पोखरा लेखनाथ महानगरपालिका -२८ मा काँग्रेसको भेला भएको छ।

पार्टीसुदृढीकरणका लागि आयोजित भेलामा स्थानीय नेता, कार्यकर्ता, क्रियाशील सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि सहभागी थिए। भेला कास्की काँग्रेसका जिल्ला सदस्य देवेन्द्र रानाभाटको प्रमुख आतिथ्यतामा भएको हो।

भेलामा कास्की काँग्रेसका जिल्ला सदस्य रामबाबु भण्डारी, पूर्वमहाधिवेशन प्रतिनिधि वीरबहादुर बुढाथोकी, पूर्व जिल्ला सदस्य श्रीकृष्ण लामिछाने, माझठानाका पूर्व गाविस उपाध्यक्ष शिव अधिकारी, क्रियाशील सदस्य टीकाराम तिवारीलयायत बोलेका थिए।

नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिका-२८ का सभापति बोधराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव महेन्द्र पौडेलले गरेका थिए।

उता, मादी गाउँपालिका वडा नम्बर ८ र ९ मिजुरेमा भेला गरी नेपाल तरुण दलका पुनर्गठन गरिएको छ।

भेलाले ८ र ९ वडाको छुट्टा/छुट्टै तरुण दलको इकाइ गठन गरेका छन् । वडा नम्बर ८ तर्फ अर्जुन गुरुङ सभापति, महेन्द्र शाही उपसभापति, कैलाश गुरुङ सचिव, सबिता पौडेल कोषाध्यक्ष सहित १६ सदस्यीय समिति गठन गरेको छ ।

त्यस्तै, वडा नम्बर ९ तर्फ प्रभात अधिकारी सभापति, बुद्ध्रि्रसाद गुरुङ उपसभापति, शिवहरि अधिकारी सचिव, शिला शाही कोषाध्यक्ष लगायत १६ सदस्यीय समिति गठन गरेको छ ।

भेलामा कास्की काँग्रेसका जिल्ला सदस्य ओमप्रकाश गुरुङ, मिजुरेका निवर्तमान तरुण दल सभापति यमबहादुर गुरुङ, काँग्रेस मिजुरेका सभापति इन्द्रसुब्बा गुरुङ, तरुण दल कास्की क्षेत्र नम्बर १ का सभापति राधाकृष्ण तिवारीले बोलेका थिए।

- अादर्श समाज सम्वाददाता