हिन्दू राष्ट्र र राजतन्त्र हटाइनु संविधानविपरीतः भट्टराई

पोखरा, ६ चैत। राप्रपा प्रदेश नं.४ का इञ्चार्ज रमेशबहादुर भट्टराईले निर्वाचन आयोगले शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीोे विधानबाट हिन्दू राष्ट्र र राजतन्त्रसम्बन्धी व्यवस्था हटाउने गरेको निर्णय संविधानविपरीत भएको बताएका छन्।

पार्टीआफ्नो चुनाव चिन्ह ‘गाई’ शनिबार सार्वजनिक गर्नेक्रममा भट्टराईले यस्तो बताएका हुन् । उनले आयोगको निर्णय नियोजित रहेको भन्दै आयोगले निर्णय नसच्चाए सडकमा जाने चेतावनी दिए।

कञ्चनपुरमा भारतीय सीमा प्रहरीको गोली प्रहारबाट नेपाली युवक गोविन्द गौतम मारिनु खेदपूर्ण रहेको भन्दै यस विषयमा भारतले माफी माग्नुपर्ने उनको भनाइ थियो।

राप्रपा कास्कीका अध्यक्ष जयलाल पुनले निर्वाचन आयोगले शुक्रबार गरेको निर्णय नसच्चाए सरकारलाई दिइएको समर्थन फिर्ता लिँदै सदन र सडक तताउने चेतावनी दिए।

कार्यक्रममा पार्टीका सल्लाहकार देवीरमण न्यौपाने, पार्टीका उपनेता भीमराज भण्डारी, पूर्व केन्द्रिय सदस्य कुलबहादुर गुरुङ, जेबि कुँवर,  क्षेत्र नं. २ की अध्यक्ष गीता गुरुङ, क्षेत्र न.ं ३ का अध्यक्ष अशिल शाही, राप्रपाका हरिदेवी अधिकारी, बरुणविक्रम राणा, इश्वरी बैरागी, अशिलकुमार शाही, नरकाजी गुरुङ, विष्णु पौडेललागायत बोलेका थिए।

ग्ात मंसिर ६ मा पशुपतिशमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक पार्टीर कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक पार्टीनेपाल एकीकरणपछि फागुन ६ देखि १० गतेसम्म काठमाडौंमा भएको केन्द्रिय महाअधिवेशनले पार्टीो चुनाव चिन्ह ‘गाई’ राख्ने निर्णय गरेको थियो । राप्रपाको केन्द्रिय कार्यक्रमअन्तर्गत देशका ७५ ओटै जिल्लामा चुनाव चिन्ह सार्वजनिक गरिएको छ ।

यसअघि राप्रपाको पार्टीकार्यालयबाट शुरु र्‍याली पृथ्वीचोकमा पुगी सभामा परिणत भएको मिडिया नेपालका केन्द्रिय उपाध्यक्ष सूर्य बास्तोलाले जानकारी दिए।

- एजेन्सी