माओवादी केन्द्र मादीमा गुरुङ

पोखरा, ६ चैत। नेकपा माओवादी केन्द्र कास्कीअन्तर्गत मादी गाउँपालिकाको भेलाले मित्र गुरुङको संयोजकत्वमा एक सय २५ सदस्यीय गाउँपालिका सम्मेलन आयोजक समिति गठन गरेको छ।

सम्मेलन आयोजक समितिको सचिवमा पार्टीका केन्द्रीय सदस्य लालबहादुर गुरुङलाई जिम्मेवारी दिइएको छ।

उक्त भेलामा मादी गाउँपालिकाका १२ वटै वडाका अध्यक्ष, सचिव, गाउँपालिकाभित्रका जिल्ला तथा केन्द्रीय सम्मेलन आयोजक समितिका सदस्यको उपस्थिति थियो।

भेलाले यही चैत १५ भित्र बाँकी रहेका वडा सम्मेलन सम्पन्न गरी चैत १९ गते भैंसेमा गाउँपालिकास्तरीय गाउँपालिका सम्मेलन गर्ने निर्णय गरेको छ।भेलामा माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य एवं कास्की जिल्ला इञ्चार्ज राजकाजी गुरुङ ‘करण’, क्षेत्रीय इञ्चार्ज लालमोहन तिवारी ‘सागर’ को उपस्थिति थियो।

आगामी निर्वाचनमा पार्टीकाई विजयी गराउन वडा, टोल सबै तहमा कमिटी निर्माणमा जुट्ने पनि भेलाले निर्णय गरेको छ।

भेलामा आगामी निर्वाचनमा मादी गाउँपालिकाको अध्यक्ष पदका लागि माओवादी केन्द्रका तर्फबाट धेरैले आकांक्षा व्यक्त गरेका छन्।

- एजेन्सी