बुद्ध मन्टेश्वरी प्रि-स्कुलको अभिभावक दिवस

पोखरा, ६ चैत। बुद्ध मन्टेश्वरी प्रि-स्कुल, बिरौटाले प्रथम अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ।

प्रमुख अतिथि कास्कीका निमित्त जिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले बच्चाबच्चीलाई मन्टेश्वरीमा राम्रो वातावरण मिल्ने बताए। बच्चाबच्चीको उज्ज्वल भविष्यको लागि अभिभावक तथा शिक्षकको महत्वपूर्ण भूमिका हुने बताए।

स्कुलका प्रिन्सिपल अप्सरा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, पोखरा मन्टेश्वरी किन्डर होम्सका प्रिन्सिपल मिलन केसीलगायतले बोलेका थिए। कार्यक्रममा विभिन्न मन्टेश्वरी स्कुलका फाउन्डर प्रिन्सिपलको उपस्थिति थियो।

कार्यक्रममा बालगीत, नृत्य, योगा, ग्रेजुएसन कार्यक्रम गर्नुका साथै विभिन्न शीष्ाकमा बालबालिकालाई अवार्ड प्रदान तथा पुरस्कृत गरिएको प्रिन्सिपल अप्सरा अधिकारीले जानकारी दिइन्।

- अादर्श समाज सम्वाददाता