विज्ञान बहस श्रृंखला

हेमजा, ६ चैत । भौतिक अनुसन्धानका लागि पहलनामक संस्थाको आयोजनामा पोखरामा शनिबार ‘तेस्रो विज्ञान बहस श्रृंखला’ भएको छ ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा किसान कोइरालाले आफूले क्यामेस्ट्रीमा विद्यावारिधी हासिल गरे पनि भौतिक अनुसन्धानको पाटो नछाडेको बताए ।

भौतिक विज्ञानबाट पृथ्वीमा धेरै अनुसन्धान भएको चर्चा गर्दै विज्ञान विनाको मावन जीवन निर्रर्थक रहने उनको भनाइ थियो।

संस्थाका संयोजक डा कपिल अधिकारीले समाजमा विज्ञानको महत्वबारे जनचेतना जगाउनु पर्ने बताए ।

सहभागी करुणानिधि मावि सिम्पानीका विज्ञान शिक्षक सुमनबाबु अधिकारीले विज्ञान बहस श्रृंखला प्रभावकारी रहेको बताए ।

संस्थाका संयोजक डा कपिल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य कमलराज पौडेलले गरेका थिए ।

- अादर्श समाज सम्वाददाता