एटिएमबाट पैसा चोरीको आशंकामा पक्राउ

पोखरा, ५ चैत ।विभिन्न डिभाइस प्रयोग गरी एटिएमबाट पैसा निकालेको आशंमा कास्की प्रहरीले दुर्इ विदेशीलाई शनिबार पक्राउ गरेको छ ।

काठमाडौंमा यसअघि भएको एटिएम काण्ड गिरोहमध्येका भागेर पोखरा आएका उनीहरु नै हुन सक्ने प्रहरीको आशंका छ ।

पक्राउ पर्नेमा बुल्गेरियन नागरिक रामोन डिमोभ र मार्टिन क्रिस्टोर छन् । गत जनवरी अन्तिममा पोखरा आएका उनीहरु हाल लेकसाइड बस्दै आएका थिए ।

कास्की प्रहरीका अनुसार निजहरुको साथबाट तीन लाख नगद, एटीएम चिफ रिडर, चोर्न प्रयोग गरिएका अन्य सामग्री, भिसा कार्ड तथा ल्यापटपलगायत सामग्री बरामद गरिएको छ ।

पोखरामा एटिएमबाट पैसा हराएको भनी कुनै उजुरी नआए पनि आशंकामा पक्राउ परेका उनीहरुलाई हिरासतमा राखी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक -डिएसपी) खड्गबहादुर खत्रीले जानकारी दिए । डिएसपी खत्रीले भने-’काठमाडौंको घटनामा फरार भएका व्यक्ति हुन सक्छन्, यसबारे आवश्यक अनुसन्धान थालिएको छ ।’

दुर्इ दिनअघि नबील वैंकबाट पैसा झिक्नेक्रममा बैंकका कर्मचारीलाई शंका लागेपछि सिसी क्यामराको सहयोगमा फुटेज दृश्य हेर्दा चोरीको आशंकामा प्रहरीलाई खबर गरिएको बताइएको छ ।

- अादर्श समाज सम्वाददाता