एमालेको पोखरा लेखनाथ-१५ मा भेला

पोखरा, ५ चैत। नेकपा एमाले पोखरा लेखनाथ महानगरपालिका-१५ स्थित शिवशक्ति टोलमा शनिबार भएको भेलाले नेत्रबहादुर रेग्मीको अध्यक्षतामा १७ सदस्यीय टोल कमिटी गठन गरेको छ।

भेला उद्घाटन गर्दै एमालेका सल्लाहकार परिषद् सदस्य पूर्वमन्त्री खगराज अधिकारीले एमालसँग मुलुकलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने स्पष्ट योजना रहेको दाबी गर्दै गरिब, भूमिहीन एवं सुकुम्बासी समस्याको दीघकालीन समाधानका लागि एमाले कटिबद्ध रहेको बताए।

एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले संविधान कार्यान्वयन र लोकतन्त्र संस्थागत गर्न तोकिएकै मितिमा स्थानीय निर्वाचन सम्पन्न गरी अगाडि बढ्नुपर्नेमा वर्तमान सरकारले त्यसो नगरी आलटाल गर्न खोजिरहेको आरोप लगाए।

कार्यक्रममा एमाले कास्कीका उपसचिव प्रभा कोइराला, सदस्य लक्ष्मी अधिकारी, बलराम पौडेल, गणेश पाख्रिन, क्षेत्र नम्बर २ का अध्यक्ष जीवन आचार्य, सचिव पूर्ण लामा, पार्टीनेताहरु ललितबहादुर भण्डारी, पार्वती कार्कीलगायत पोखराको व्यवस्थित विकासका निम्ति स्थानीय निर्वाचनमा एमालेलाई मतदान गर्न आग्रह गरेका थिए।

कार्यक्रममा ७५ जना एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई नेता खगराज अधिकारी, कृष्ण थापालगायतले खादा र अबिर लगाएर स्वागत गरेका थिए।

स्थानीय पार्टीनेता इश्वरबहादुर गुरूङको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन पार्टीवडा कमिटीका अध्यक्ष प्रकाश पौडेलले गरेका थिए।

- अादर्श समाज सम्वाददाता