राधाकृष्ण मन्दिर संरक्षण समितिमा बराल

पोखरा, ५ चैत। राधाकृष्ण मन्दिर संरक्षण समिति पोखरा लेखनाथ-१७, छोरेपाटनको प्रथम अधिवेशनले पुण्यप्रसाद बरालको अध्यक्षतामा १५ सदस्यीय संरक्षण समिति चयन गरेको छ।

समितिको उपाध्यक्ष हरिमाया बराल, सचिव लक्ष्मी अधिकारी, सहसचिव लक्ष्मी लम्साल, कोषाध्यक्ष मीना पोखरेल, सदस्यमा आनन्द अर्याल, मैया अधिकारी, देवी बराल, माया क्षत्री, शालिकराम बराल, टेकनारायण पौडेल, लक्ष्मी केसी, बसुन्धरा पौडेल, राममाया पौडेल र विमला पोखरेल चयन भए।

धर्म सभा कार्यक्रम गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष समाजसेवी विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा छोरेपाटन टोल सुधार समितिका अध्यक्ष धर्मराज अर्याल, नेपाल रेडक्रस सोसाइटी पोखरा लेखनाथ-१७ का अध्यक्ष तीर्थराज अधिकारी, शीतलचौतारी टोल विकास संस्थाका अध्यक्ष हरिप्रसाद लम्साल, शीतलचौतारी आमा समूहकी अध्यक्ष विजया पहारी, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष खगराज शर्मा आचार्य, समाजसेवी कृष्ण लम्साल, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष तुलसीराम बराल, समाजसेवी अधिवक्ता कृष्णप्रसाद चापागाई, अमले आमा समूहकी अध्यक्ष तुलसी बराललगायत बोलेका थिए।

कार्यक्रममा सूर्यप्रसाद बरालले सचिव र मीना पोखरेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए।

मन्दिर स्थापनाकालदेखि पुजारीको रुपमा मेघनाथ पौडेलले पूजा गर्दै आएका छन्। कार्यक्रममा मानार्थ सदस्य र आजीवन सदस्यको सदस्यता प्रदान गरिएको थियो।

कार्यक्रममा छोरेपाटन टोल सुधार समिति, शीतलचौतारी टोल विकास संस्था, शीतलचौतारी आमा समूह, रेडक्रस सोसाइटी उपशाखा-१७, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिलाई मन्दिर निर्माणमा विशेष सहयोग पुर्‍याएको भन्दै कदरपत्र प्रदान गरिएको थियो ।

निर्वाचन समितिको संयोजकमा अधिवक्ता कृष्णप्रसाद चापागाई, सदस्यमा इश्वरीप्रसाद लम्साल र विजया पहारी रहेका थिए। पुण्यप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा हरिमाया लम्सालले स्वागत र सचिव सूर्यप्रसाद मरासिनीले कार्यक्रम सञ्चालन गरेका थिए।

- एजेन्सी