बृहत् सरसफाइ अभियानको ४२ औं श्रुंखला

पोखरा, ५ चैत। बृहत् सरसफाइ अभियान ४२ औं हप्तामा पुगेको छ।

पोखरामा शनिबार भएको कार्यक्रममा गण्डकी अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विष्णुहरि गौतमको राष्ट्रिय गानसँगै सहभागीले साथ दिएर अभियान शुरु गरिएको हो।

पोखरा लेखनाथ महानगरपालिका-१३ मा भएको सरसफाइ अभियानमा गौतमलाई वडा नागरिक मञ्चका संयोजक आशवीर नेपाली, टोल विकास संस्थाका अध्यक्ष तिलक गुरुङ, महिला समन्वय समितिका अध्यक्ष टीका भण्डारीले स्वागत गरेका थिए।

अभियानमा हाजी जमाल्लुदिन मियाँले सपथ खुवाएका थिए। सरसफाइ अभियानमा ग्रीन मार्ट प्रालिबाट १५ थान डोको, कुचो, बेसलाइन बोर्डिङबाट ६० थान कुचो, मुक्तिनाथ विकास बैंकबाट पञ्जा र माक्स, न्यूरोड युवा क्लबबाट पम्प्लेट, कोन बचत तथा ऋण सहकारीबाट माइकिङ, राधाकृष्ण मन्दिर सेवा समिति कुँडहरबाट बाजा बजाई सहयोग गरेका थिए।

अभियानमा टोल विकास संस्था, वडा नागरिक मञ्च, आमा समूह, युवा क्लब, मुश्लिम समुदायिक सेवा केन्द्र, नोवेल स्काउट, शिद्धिबक्स गण, नेपाल प्रहरी, केश बचत तथा ऋण सहकारी संस्था, चिल्ड्रेन एकेडेमी बोर्डिङ, अक्सफोड बोर्डिङ, बालकल्याण, बेसलाइन, मौलास्लामि मदरसा आदर्श स्कुलका विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि, थकाली महिला समूह, निवर्तमान उद्योग वाणिज्य संघका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, एकल महिला समूह, सरसफाइ अभियन्ता गरी करिब तीन हजारको सहभागिता  थियो।सरसफाइ अभियान जामे मस्िजद अक्सा मियाँपाटनबाट शुरु भइ भद्रकाली स्कुल, बाझाँपाटनहँुदै दूधपोखरीमा गई समापन भएको थियो।

आगामी साताको ४३ औं अभियान पोखरा लेखनाथ महानगरपालिका-१४ को चाउथेचोकबाट शुरु हुने सरसफाइ अभियन्ता प्रमिला तझ्याले जानकारी दिइन्।

- सुरक्षा श्रेष्ठ/विद्यार्थी पत्रकार