मातृशिशु अस्पतालमा अध्यक्ष भट्टराईलाई स्वागत

पोखरा, ३ चैत। बाटुलेचौरमा रहेको मातृशिशु मितेरी अस्पतालले, अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष शाल्रि्राम भट्टराईको सम्मानमा स्वागत गरेको छ ।

अस्पतालमा आयोजित कार्यक्रममा अध्यक्ष भट्टराईलाई प्रमुख अतिथि सांसद शारदा पौडेल र मेडिकल सुपरिटेण्डेण्ट डा प्रेमराज पंगेनीले स्वागत गरेका थिए।

बाटुलेचौर स्थायी बासिन्दा भट्टराईलाई मन्त्रीस्तरिय बैठकले अध्यक्षमा नियुक्त गरेको थियो ।

कार्यक्रममा सांसद पौडेलले स्वास्थ्य सेवा जनताको नैसर्गिक अधिकार भएको बताउँदै मातृशिशुको सेवामा अस्पताल प्रतिवद्ध रहनु पर्ने बताइन्। उनले नवनियुक्त अध्यक्षलाई बधाई दिँदै स्वास्थ्य क्षेत्रमा राजनीतिकरण गर्न नहुने बताइन्।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा श्रीकृष्ण श्रेष्ठले अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अंगको रुपमा रहेको बताए।  नवनियुक्त अध्यक्ष शाल्रि्राम भट्टराईले अस्पताल व्यवस्थापनमा देखिएका चुनौती सबैको सहयोगमा समाधान गर्ने बताए।

अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट डा प्रेमराज पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस पोखरा नगर सभापति वजिरमान श्रेष्ठ, काँग्रेसका वडा सभापति होमबहादुर बानियाँ, एमालेका जगन्नाथ तिमिल्सिना, माओवादी केन्द्रका गुरुदत्त भट्टराई, राष्ट्रिय जनमोर्चाका गणेश अधिकारी, अखण्ड नेपालका होमबहादुर खड्का, अस्पतालका कर्मचारी गुमानसिंह थापालगायत बोलेका थिए।

नागरिकस्तरबाट सञ्चालित उक्त अस्पताल यसै वर्षदेखि जिल्ला अस्पतालमा परिणत भएको हो । अस्पतालमा ३० जना सरकारीसहित ५३ डाक्टर, कर्मचारी कार्यरत छन् ।

- अादर्श समाज सम्वाददाता