नौलो घुम्ती नेपालको परियोजना सार्वजनिक

हेमजा, ३ चैत। गुड नेर्वर्स इन्टरनेशलन नेपालको सहयोगमा नौलो घुम्ती नेपालले कास्कीमा सन् २०१७ मा गर्ने कार्यक्रम बिहीबार सार्वजनिक गरिएको छ।

गुड नेर्वर्स इन्टरनेशलन नेपाल कास्कीका संयोजक राजेन्द्र लोहारले संस्थाले शिक्षाको क्षेत्रमा बढी लगानी गर्दै आएको बताउँदै सन् २०१७ मा कास्कीमा एक करोड ४५ लाख, ४६ हजार ४४ रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए।

संयोजक लोहारले विभिन्न चार खण्डमा विभाजन गरी कार्य सञ्चालन गरिने जानकारी दिँदै शिक्षाका अलावा स्वास्थ्य र सफाइ, जीविकोपार्जन सुधार, पशुपालनलगायत क्षेत्रमा पनि लगानी गर्ने तयारी भएको बताए।

नौलो घुम्ती नेपालका कार्यकारी निर्देशक शिवराज शर्माले सामुदायिक विकास परियोजनाअन्तर्गत विभिन्न गतिविधि सञ्चालन गरिने बताए। उनले साविक मिजुरेडाँडा, सैमराङ, ल्वाङ्घलेल, लुम्ले र भदौरेतामागी गाविसका ३२ विद्यालयमा उक्त परियोजना सञ्चालन गरिने तयारी भएको बताए।जिल्ला समन्वय समिति कास्कीका सामाजिक विकास अधिकृत अर्जुन न्यौपानेले नौलो घुम्ती नेपालले विषयगत कार्यालयसँग समन्वय गरी कार्य सञ्चालन गर्नुपर्ने बताउँदै गैरसरकारी संस्थाले सार्वजनिक कार्यक्रम गरी आफ्ना भावीयोजनाबारे जानकारी दिनु सह्राहनीय भएकोब बताए।

जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत लोकेन्द्र बोहोराले नौलो घुम्ती नेपालका कार्यक्रम प्रभावकारी रहँदै आएको बताए।

महिला बालबालिका कार्यालय कास्कीकी प्रतिनिधि विन्दु भण्डारीले स्थानीय सामग्रीबाट बालमैत्री कक्षाकोठा व्यवस्थापन गर्नु खोज्नु परियोजनाको महत्वपूर्ण पक्ष रहेकोमा जोड दिइन्।

गैसस महासंघ कास्कीका अध्यक्ष गोपाल खड्काले नौलो घुम्ती नेपालले ‘एक घर, एक उद्यमी’ तयार गरी समृद्घ नेपाल निर्माणतर्फ विशेष ध्यान दिनुपर्ने बताए।

सिद्घ आधारभूत विद्यालय लुम्लेका प्रधानाध्यापक टंकप्रसाद देवकोटाले नौलो घुम्ती नेपालका कार्यक्रम राम्रो भए पनि विद्यालय प्रशासनसँग उचित सहकार्य नगर्दा सोचेजति प्रतिफल प्राप्त गर्न नसकेको धारणा राखे।

मिजुरे मिलन कफी सहकारीका अध्यक्ष बाबुराम क्षेत्रीले नौलो घुम्तीका कार्यक्रमहरु प्रभावकारी रहदै आएको बताए।

सहभागीले सहयोगको दायरा वृद्दिगर्न र कार्यक्रम थप गर्दै जान सुझाव दिएका छन्।

नौलो घुम्ती नेपालका कोषाध्यक्ष मंगल नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नौलो घुम्ती नेपालका लघु उद्यम विकास अधिकृत नेहा शाहीले गरेकी थिइन्।

- अादर्श समाज सम्वाददाता