लायन्स क्लब अफ हेमजा अध्यक्षमा त्रिपाठी

पोखरा, ३ चैत। लायन्स क्लब अफ हेमजाको वर्ष २०१७/१८ को अध्यक्षमा नवराज त्रिपाठी निर्वाचित भएका छन्। क्लबको सम्पन्न अधिवेशनले त्रिपाठीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको  हो।

समितिको प्रथम उपाध्यक्ष सुजित श्रेष्ठ, द्वितीय उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, तृतीय उपाध्यक्ष दुर्गाप्रसाद पौडेल, सचिव हरिशचन्द्र पौडेल, कोषाध्यक्ष ज्ञानेन्द्रमान श्रेष्ठ, सह-सचिव सन्तमान श्रेष्ठ, सहकोषाध्यक्ष शिवप्रसाद पौडेल, टेमर लायन सुरेश श्रेष्ठ, टेल ट्वीस्टर डोलराज श्रेष्ठ, मेम्वरसीप चियरपर्सन इन्द्रमान श्रेष्ठ, रिपोटिङ अफिसर प्रकाश पौडेल, पिआरओ गोविन्द दहाल र इन्टरनेशनल डाइरेक्टरमा मोहन थापा निर्वाचित भए।

त्यसैगरी, निर्देशकमा सम्मरबहादुर श्रेष्ठ, सुशील श्रेष्ठ, विष्णु बास्तोला, मीना कुँवर, वीरबहादुर थापा, सुमन गुरुङ निर्वाचित भएको निर्वाचन अधिकृत विनोद श्रेष्ठले जानकारी दिए। कार्यक्रममा लायन्स क्लब अफ हेमजाका संस्थापक अध्यक्ष एवं जोन चियरपर्सन तीर्थबहादुर थापा, एडिसनल क्याविनेट ट्रेजरर एमजेएफ लायन राजेन्द्रबहादुर सापकोटा, भोकेसनल ट्रेनि· को-चियरपर्सन एमजेएफ लायन मोतिराज तिमिल्सिनालगायत बोलेका थिए। लायन्स क्लब अफ हेमजाका अध्यक्ष धर्मराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दुर्गाप्रसाद पौडेलले गरेका थिए।

- अादर्श समाज सम्वाददाता