ओम र मनास्लु गाभिने

पोखरा, २ चैत। ओम डेभलपमेन्ट बैंक लिमिटेडले विशेष साधारणसभाले मनास्लु विकास बैंकसँग मर्जको लागि स्वीकृति प्रदान गरेको छ।

बैंकका सञ्चालक समितिका अध्यक्ष सुशीलकुमार गोशलीको अध्यक्षतामा बसेको साधारणसभाले उक्त स्वीकृति प्रदान गरेको हो।

मर्जरपछि १०:३ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावसमेत पारित गरिएको छ।

बैकले हकप्रद सेयर र चालु आवको मुनाफाबाट बोनस सेयर जारी गरि बैंकको चुक्ता पुँजी दुर्इ अर्ब ५४ करोड रुपैयाँ पुर्‍याउने योजना बनाएको छ।

कार्यक्रममा बैंकका सञ्चालक तथा संयुक्त मर्जर समितिका संयोजक राजेन्द्रकुमार बाटाजुले स्वागत मन्तब्य राखेका थिए।

गत पुस मसान्तको वित्तीय विवरणको आधारमा मर्जरपछि बैंकको कुल निक्षेप १५ अर्ब २४ करोड, कर्जा १३ अर्ब २७ करोड, शाखा संख्या ४२ र ग्राहक संख्या एक लाख ७० हजार ग्राहक पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए।

यसअघि, मनास्लुले चैत्र १ मा मर्ज स्वीकृतिको लागि विशेष साधारणसभा गरेको थियो।

- अादर्श समाज सम्वाददाता