सञ्चयको वाषिर्कोत्सवमा सम्मान कार्यक्रम

पोखरा, १ चैत। सञ्चय बहुउद्देश्यीय सहकारीको १७ औं वाषिर्कोत्सव अवसरमा मंगलबार सम्मान कार्यक्रमका साथै संस्थाको गतिविधिबारे जानकारी गराइएको छ।

कार्यक्रममा उच्च शिक्षाको विभिन्न तह पार गर्ने सेयर सदस्य, सदस्यका छोराछोरी तथा श्रीमती गरी ३८ जनालाई सम्मानपत्र र खादा लगाएर सम्मान गरिएको थियो।

संस्थाका सल्लाहकार कृष्णप्रसाद बराल, उत्साहकान्त मैनाली, लक्की कार्की, संस्थाका अध्यक्ष नारायण कार्की तथा उपाध्यक्ष पीताम्वर शर्माले खादा र सम्मानपत्र प्रदान गरेका थिए। संस्थाको गतिविधिबारे जानकारी दिँदै अध्यक्ष कार्कीले हाल सेयर सदस्य करिब एक हजार चार सय र सेयर पुँजी करिब पौने सात करोड रुपैयाँ रहेको जानकारी दिए।

कार्यक्रममा संस्थाका उपाध्यक्ष पीताम्वर शर्मा, सचिव गणेशबहादुर थापा तथा सम्मानित तर्फबाट सीता भट्टराईले संस्थाका सकारात्मक गतिविधिबारे चर्चा गरेका थिए।

वाषिर्कोत्सव अवसरमा संस्थाले गत शनिबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए। यस्तै, सदस्य केन्द्रीत रक्तदान कार्यक्रम आयोजना गरिने पनि बताइएको छ।

- अादर्श समाज सम्वाददाता