एनएमबि माइक्रोफाइनान्स पाँचौं वर्षमा

पोखरा, १ चैत। कास्कीको हेमजामा प्रधानकार्यालय रहेको एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड पाँचौ वर्षमा प्रवेश गरेको छ।

उक्त अवसरमा कंस्थाको केन्द्रीय कार्यालय र हाल सञ्चालनमा रहेका ५० वटा शाखा कार्यालयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामुदायिक विद्यालयमा स्टेशनरी वितरण, वृद्धाश्रममा वृद्धवृद्धालाई फलफूल तथा खाद्यन्न वितरण, मठ मन्दिर सरसफाइ, अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता, फुटबल प्रतियोगिता, जलपान समारोहलगायत कार्यक्रम गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत तीर्थरत्न कोनाजोले जानकारी दिए।

संस्थाले लेकसाइडस्थित केदारेश्वर मन्दिर परिसरमा सरसफाइ गरी कार्यक्रमको शुरुवात गरेको थियो।।

मन्दिर सरसफाइपछि प्रभातफेरी गरी पोखराको सीतापाइलास्थित वृद्धाश्रममा ७२ जना वृद्धवृद्धालाई फलफूल तथा जुस वितरण गरेको थियो।

त्यस्तै, हेमजास्थित गौरीशंकर प्राथमिक विद्यालयका ५० जना विद्यार्थीलाई कापी कलम वितरण गरिएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामबहादुर कार्कीले वित्तीय संस्थाले वितरण गरेको शैक्षिक सामग्रीले विद्यार्थीहरुलाई अध्ययनको लागि सहज भएको बताए।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कोनाजोले संस्थाले बैंकि· पहुँच नपुगेको देशका हिमाली तथा पहाडी जिल्लाका विपन्न वर्ग समुदायलाई विशेष जोड दिई समावेशी बैंकि· कार्यक्रम सञ्चालन गर्दै आएको बताए।

२०६९ चैतबाट विधिवत् कारोबार शुरुवात गरेको वित्तीय संस्थाले वाषिर्कोत्सव अवधिमा देशका २५ वटा हिमाली तथा पहाडी जिल्लामा ५० वटा शाखा कार्यालय स्थापना गरी ५२ हजार सदस्यमा एक अर्ब ४६ करोड कर्जा लगानी गरेको छ। संस्थाले ३१ करोड रुपैयाँ बचत संकलन गरेको छ।

यस्तै, निकट भविष्यमै राष्ट्रियस्तरको लघुवित्त संस्थामा स्तरोन्नति भई देशका सबै जिल्लामा लघुवित्त बैंकि· कार्यक्रम पुर्‍याउने योजना रहेको संस्थाले जनाएको छ।

- अादर्श समाज सम्वाददाता