पोखरेलीलाई जापानी ‘वीश’

पोखरा, १ चैत। जापानमा प्रधानकार्यालय स्थापना गरी सेवाररत वीश एजुकेशनल कन्सल्टेन्सीले पोखरामा ब्राञ्च खोलेको छ ।

सिर्जनाचोकमा स्थापित ब्राञ्चको मंगलबार पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख शिक्षासेवी गणेशबहादुर गुरुङले शुभारम्भ गरेका हुन् ।

प्रमुख अतिथि गुरुङले वैदेशिक अध्ययनमात्रै नभई रोजगारका लागि समेत जापान पछिल्लो समय अधिकांशको रोजाई बन्ने गरेको बताए । उनले सही परामर्शबिना त्यहाँ पुग्दा कतिले सोचेअनुसार काम नपाउने, पढ्न नसक्ने अवस्था भएकाले त्यहाँ जानुपूर्व नै आवश्यक जानकारी लिनुपर्ने सुझाव दिए।

उनले यस कन्सल्टेन्सीले सही परामर्श दिएर नेपाली युवाको भलो गर्नेमा आफू ढुक्क रहेको बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पोखरामा झण्डै दशक अवधि पत्रकारिता क्षेत्रमा लागेका आफ्ना सहकर्मीसमेत रहेका मोहन घलेले जापानमा ५ वर्षको अनुभवपछि व्यवसाय सुरु गरेकोमा शुभेच्छा प्रकट गरे । उनले विदेशमा रहँदा सिकेका ज्ञान र सीप स्वदेशमै उपयोग गर्नुपर्नेमा जोड दिए ।

अग्रज सञ्चारकर्मी सरस्वती गुरुङले उच्च शिक्षाका लागि जापान जाने नेपाली विद्यार्थीको सख्ंया बढिरहेको बताइन् । उनले सही परामर्शबाट मात्र सही स्थान पहिचान हुने भएकाले सेवामुखी भएर कार्य गर्न सुझाव दिइन् ।

कन्सल्टेन्सीका प्रबन्ध निर्देशक मोहन घलेले जापानमा रहँदा धेरै जना नबुझीकन जाने र दुःख पाउने गरेकाले दुवै देशमा परामर्श केन्द्रका रुपमा व्यवसायलाई सञ्चालनमा ल्याएको जनाए । उनले पत्रकारिता क्षेत्रमा लामो समय भिजेको कारण विशुद्ध व्यवसायमा मात्र आफ्नो लगाव नभएको स्पष्ट पार्दै सेवाभावले पनि प्रेरित भएको उल्लेख गरे । जापानको टोकियोमा ५ वर्षदेखि वीश सञ्चालनमा छ । जापानीज नै त्यहाँ कार्यरत रहेको घलेले जनाए।

प्रिन्सिपल जितेन शेरचनले जापानमा अध्ययन तथा कामका लागि जाने सम्पूर्णलाई आवश्यक पर्ने पूर्वतयारीदेखि त्यहाँ पुगिसकेपछि पनि सम्पूर्ण प्रक्रिया कन्सल्टेन्सीमार्फत नै हुने बताउँदै सुरक्षाको पूर्ण ग्यारेन्टी रहने बताए । जापानमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई लक्षित गरी शाखा पोखरामा विस्तार गरिएको उनले बताए ।

डाइरेक्टर एनी शेरचनले यहाँको विद्यार्थीका लागि उपयुक्त, सुहाउँदो करिब १० युनिभर्सिटीमा सिफारिस गर्न सक्ने उल्लेख गर्दै त्यहाँ पुगेपछि पनि विद्यार्थीसँग सर्म्पर्कमा रहने बताइन् । उनले जापानको लागि मात्र विद्यार्थी लैजाने भएकाले विद्यार्थीलाई त्यहाँको सम्पूर्ण शिक्षा प्रणालीका बारेमा परामर्श प्रदान गर्ने बताइन् । कार्यक्रम पत्रकार महासंघ कास्की कोषाध्यक्ष सञ्जय मल्लले गरेका थिए ।

- अादर्श समाज सम्वाददाता