मिलिजुली सहकारीको १० औं वाषिर्कोत्सव

पोखरा, १ चैत। पोखरा-४ चिप्लेढुंगास्थित मिलिजुली बचत तथा ऋण सहकारी संस्थाले १० औं वाषिर्कोत्सव मनाएको छ। संस्थाले उक्त अवसरमा पोखरा-४ पराजुलीमार्ग, चिप्लेढुंगामा कार्यालय सारेको छ।

कार्यालय उद्घाटन गर्दै संस्थाका अध्यक्ष मीनराज काफ्लेले सेयर सदस्यको आर्थिर्क उन्नति साथै आर्थिक हैसियत बढाउन विभिन्न सहुलियत दरका ऋण प्रवाह गरी ब्यवसायमा सहयोग पुर्‍याउने बताए।

भदौ २२ मा गएको बाढी पहिरोमा पीडित कालिका गाविस-६ सुनपदेँलीका बोधराज तिम्सिनालाई संस्थाको तर्फबाट १५ हजारसहित कुल ३२ हजार पाँच सय १० रुपैयाँ गरिएको छ ।

कास्कीभर कार्य क्षेत्र रहेको उक्त संस्थामा सेयर सदस्य एक हजार एक सय छन् ।

संस्थाको कुल पुँजी दुर्इ करोड ३५ लाख, बचत नौ करोड र ऋण लगानी नौ करोड रुपैयाँ रहेको संस्थाका प्रबन्धक फणिन्द्र त्रिपाठीले जानकारी दिए ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार भागवत नेपाल, कर्मचारी पवित्रा कुँवरले बोलेका थिए।

कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुप्रसाद सुवेदीले स्वागत र सहसचिव प्रकाश पौडेलले सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता