‘नेपालकी छोरी’ विमोचन

पोखरा, १ चैत । म्यूजिक भिडियो ‘नेपालकी छोरी’ सोमबार सार्वजनिक गरिएको छ। नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगर, मगर लेखक संघका अध्यक्ष रुद्र सन्देश मगर र समाजसेवी भीमबहादुर श्रीष मगरले उक्त म्यूजिक भिडियो विमोचन गरेका हुन्।

टार्इगर्स फिल्मस् प्रालिको ब्यानरमा निर्माण गरिएको उक्त म्यूजिक भिडियोमा मोडल सुनिता पुन मगरले नृत्य र अभिनय गरेकी छन्। गोविन्द पुन मगरको शब्द र निर्देशन, नवीन रानामगरले संगीत भरेको ‘नेपालकी छोरी’को राधा पुन मगरले निर्माण गरेकी हुन्।

भिडियो राष्ट्रियताको भावनाले ओतप्रोत रहेको निर्देशक गोविन्द पुन मगरले बताए।

म्यूजिक भिडियो विमोचन गर्दै प्रमुख अतिथि मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले भिडियोले शिक्षा, जातीय भेषभूषा र संस्कृतिलाई जीवन्त राख्ने औंल्याए।

निर्देशक गोविन्द पुनमगरको अध्यक्षतामा भएको कार्यक्रममा मोडल सुनिता पुनमगरले स्वागत र पत्रकार रुद्र श्रीषमगरले कार्यक्रम सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता