प्युरीदोभानमा फागूपूणिर्मा मेला

पोखरा, २५ फागुन । स्याङ्जाको टक्सारमा ऐतिहासिक प्युरीदोभान फागूपूणिर्मा मेला हुने भएको छ। शनिबार हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको मेला संयोजक खिमबहादुर गुरुङले बताए।

संयोजक गुरुङका अनुसार मेला पूर्वसन्ध्यामा मेलास्थलको सरसफाइ, स्टल तथा अस्थायी शौचालयको निर्माण, मञ्च व्यवस्थापन, खानेपानीको प्रबन्ध, सुरक्षा टोली, कलाकार तथा अतिथिहरुका लागि होमस्टेको प्रबन्धलगायत सम्पूर्ण तयारी पूरा गरिएको छ।

स्थानीय ब्राइट फ्युचर युथ क्लब टक्सार-१ दाङलिङले आयोजना गर्ने मेलामा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर, गाउँस्तरीय भलिबल, छेलो फाल्ने र दुर्इसय मिटर दौड प्रतियोगिता, स्थानीय झाँकी, कृषि औजार प्रदर्शनी, लोकदोहरी तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरु मेलाको मुख्य आकर्षण रहने क्लबका अध्यक्ष विनोद गुरुङले बताए।

गाउँस्तरीय भलिबल प्रतियोगिताका विजेताले २० हजार र उपविजेताले १० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछन् ।

छेलोमा प्रथमले सात हजार र द्वितीयले पाँच हजार रुपैयाँ साथमा मेडल र प्रमाणपत्र रहेको छ।

दुर्इसय मिटरको छोटो दुरी दौड प्रतियोगिताको प्रथमले पाँच, द्वितीयले तीन हजार पुरस्कार पाउनेछन् ।

फागुनको ३० गतेसम्म चल्ने मेलामा स्थानीय तथा राष्ट्रिय ख्यात्रि्राप्त कलाकारको सांंगीतिक प्रस्तुति रहनेछ । पोखरेली हाँस्य कलाकारद्वारा मेलामा हाँस्य प्रहसन प्रस्तुत गर्ने सांस्कृतिक संयोजक राजकुमार केसीले बताए।

मेला अवसरमा हिमालय आँखा अस्पताल र लायन्स क्लव अफ पोखरा माछापुच्छ्रे भिलेजको संयुक्त आयोजनामा फागुनको २९ गते निःशुल्क आँखा शिविर हुने मेला संयोजक खिमबहादुर गुरुङले बताए।

मेलाको लागि टक्सार स्याङ्जा, फिरफिरे तनहुँ, जिल्ला प्रशासन कार्यलय स्याङजा र सुरौदी खोला जलाधार विकास समितिको सहयोग रहने आयोजकले बताएको छ।

मेलाको मुख्य प्रायोजक गण्डकी बस व्यवसायी संघ र सहप्रायोजक स्याङ्जाको टकसार गाविस रहेको छ। मेला सम्पन्न गर्न सात लाख ७६ हजार खर्च लाग्ने आयोजकले जनाएको छ।

पर्यटकीय सम्भावना बोकेको प्युरीदोभान कास्की लेखनाथ-१८ को भरतपोखरी, तनहुँको फिरफिरे गाविस र स्याङ्जाको टक्सार गाविससंग जोडिएको प्युरिदोभान प्युरिखोला, टुनीखोला र सुरौदीखोलाको संगमस्थल हो। टक्सारलाई ऐतिहासिक गाविसका रुपमा लिइने गरिन्छ। प्राचीनकालमा टक्सार खलङ्गा गाविसको देउराली डाँडामा सैन्य परेड खेल्ने स्थल तथा भवनको भग्नावशेष हालसम्म पनि देख्न सकिन्छ।

तत्कालीन राजा मानदेवको पालाको सिक्का र बाइसे चौबिसे राज्यको सरकारी प्रशासनिक कार्य सञ्चालन तथा मुद्रा वितरण गर्ने ऐतिहासिक क्षेत्रका रुपमा टक्सारलाई लिइन्छ। प्राचीनकालदेखि उक्त क्षेत्रमा होली पूणिर्माको भोलिपल्ट होली देवीको पूजा गरी सार्वजनिक मेला लाग्ने प्रचलन रहेको किम्वदन्ती छ।

- अादर्श समाज सम्वाददाता