समिभञ्ज्याङ गीतको छायाङ्कन

लमजुङ, २४ फागुन। लमजुङको समिभञ्ज्याङको विषयमा तयार पारिएको गीतको म्यूजिक भिडियो छायाङ्कन गरिएको छ।

साविक समिभञ्ज्याङ गाविस र हालको मध्यनेपाल नगरपालिकाको वडा नं. ८ र ९ का विभिन्न ठाउँ, संस्कृति, परम्परा र जनजीवन समेटेर छायांकन गरिएको भिडियोको निर्देशन सुरज गुरुङले गरेका हुन्।

‘उद्वेलन’ नामक गजल सङ्ग्रह प्रकाशन तयारी गरेका साहित्यकार गुरुङले यसअघि ‘अनि हरिभक्त फर्किएनन्’ नामक वृत्तचित्र सहनिर्देशन गरेका थिए।

अनुपम म्यूजिक, पोखराको प्रस्तुति रहेको गीतको अडियो रेर्कर्डका लागि समिभन्ज्याङ गाविस र नागभैरव संस्कृति संरक्षण समूहले विशेष सहयोग गरेका थिए ।

जुनु रिजाल र सन्तोष प्रधानको स्वर तथा सन्तोष प्रधानको संगीत रहेको गीतको रचना रुपिन्द्र प्रभावीले गरेका हुन्।

छायांकनमा पुष्कर थापा तथा अनुसा गुरुङ र राहुल थापाको अभिनय रहेको छ । १ महिनाभित्र म्यूजिक भिडियो सम्पादन सकिने र विशेष समारोहबीच भिडियो सार्वजनिक गरिने प्रस्तुतकर्ता अनुपम म्यूजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले जानकारी दिए। भिडियोले समिभञ्ज्याङको पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने तान्द्राङकोट परिसर विकास समितिका अध्यक्ष मेमबहादुर गुरुङले बताए।

- अादर्श समाज सम्वाददाता