कास्की फुटसल संघमा लिगल

पोखरा, २४ फागुन । फुटसल खेल मर्यादित, व्यवस्थित र विकासका लागि भन्दै कास्की जिल्ला फुटसल संघ गठन गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषदमा नेपाल फुटसल संघको गठनपछि कास्की पहिलो शाखाको रुपमा विस्तार गरिएको हो । संघ जिल्ला खेलकुद विकास समितिमा ८९ औं खेलकुद संघको रुपमा दर्ता भएको छ ।

सञ्जय लिगलको अध्यक्षतामा गठित संघको उपाध्यक्षमा सुशील केसी, सचिवमा प्रदीप घिमिरे, सहसचिवमा धर्मराज पराजुली र कोषाध्यक्षमा जयन्त सिंह छन् ।

सदस्यमा प्रकाश पराजुली, मोहन कुँवर, डा दीवश क्षेत्री, दामोदर बराल, दीपक बास्तोला, पत्रकार उमेश पुन र नवराज कोइराला रहेका छन् ।

नवगठित कार्यसमितिको घोषणा कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरालाई खेलकुदको राजधानीको रुपमा स्थापित गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

नेपाल फुटसल संघका केन्द्रिय उपाध्यक्ष सन्तोष पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुद पत्रकार मञ्चका अध्यक्ष केशव पाठक, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दीपकबहादुर गोदार, कास्की जिल्ला फुटबल संघका जिल्ला अध्यक्ष धरमसिंह लामिछाने, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराललगायत बोलेका थिए। एजेन्सी

- अादर्श समाज सम्वाददाता