मिस कल्चर पश्चिमाञ्चललाई गोर्खा ब्रुअरीको साथ

पोखरा, १९ फागुन। पोखरामा हुन लागेको मिस कल्चर पश्चिमाञ्चल २०१७ लाई गोर्खा बु्रअरीले मुख्य प्रायोजन गर्ने भएको छ ।

‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूलनाराका साथ स्थापित पुष्पाञ्जली फेसन एण्ड इभेन्टले बैशाख ९ मा मिस कल्चर पश्चिमाञ्चल गर्दैछ ।

गोर्खा बु्रअरीका मार्केटिङ डाइरेक्टर वैभव शर्मा, सेल्स म्यानेजर सुदीपराज विष्ट, एरिया सेल्स म्यानेजर चक्र बोहरा र पुष्पाञ्जलीकी अध्यक्ष शोभा गौतमले एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

संस्कृतिको संरक्षणसँगसँगै समग्र पश्चिमाञ्चलको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउनुको साथै अविवाहित नारीको व्यक्तित्व र नेतृत्व विकासमा मद्दत पुर्‍याउने उद्देश्यले आफूहरूले सहयोग गरेको गोर्खा बु्रअरीका मार्केटिङ डाइरेक्टर वैभव शर्माले बताए ।

प्रायोजक र कार्यक्रम आयोजकको गन्तव्य र उद्देश्य मिलेकोले पनि प्रतियोगिता अझ बढी प्रभावकारी हुने पुष्पाञ्जलीकी अध्यक्ष शोभा गौतमले बताइन ।

कार्यक्रमको मेकअप पार्टनर जाइडस वेलनेस रहेको कार्यक्रम संयोजक दिनेश शर्माले जानकारी दिए ।

- एजेन्सी