पोखरा रंगशालामा नेपथ्य घन्किने

पोखरा, १८ फागुन । फेरि उठ्ने छ नेपाल इभेण्टको दोश्रो संस्करणअन्तर्गत नेपथ्य व्याण्डले चैत २६ मा पोखरा रंगशालामा लाइभ कर्न्र्सट गर्ने भएको छ ।

इभेण्टमार्फत नेपथ्य ब्याण्ड ३ वर्षपछि पोखरेली आँगनमा घन्किने भएको हो।

नेपथ्यको लाइभ प्रस्तुति पोखरेलीको इच्छा र चाहनाअनुसार आयोजना हुने किरण गुरुङले बताए।

गुरुङ र सोनाम गुरुङको आयोजनामा कास्की ल्वाङघलेलको गौरीशंकर मनिलाल माविको सहयोगार्थ उक्त कार्यक्रम हुन लागेको हो।

नेपथ्य ब्याण्डका भोकलिष्ट अमृत गुरुङ हुन् । गुरुङ पोखरेली भएकोले यहाँका दर्शक बढी उत्साहित हुने आयोजकको विश्वास छ ।

कार्यक्रमबाट बचत रकम ल्वाङघलेलको गौरीशंकर मनिलाल विद्यालयलाई सहयोग गर्ने आफूहरुको लक्ष्य रहेको उनले बताए। यसअघि नयाँबजार नेपथ्यले कर्न्र्सट घन्काएको थियो ।

रेशम…, छेक्यो छेक्यो देउराली डाँडा, भेडाको उन जस्तो, जोगले हुन्छ भेट..लगायत गीत ग्ााउँदै आएको नेपथ्यको गीत प्रायः युवापिढीको लोकप्रिय ब्याण्डको रुपमा स्थापित भएको छ। नेपथ्यले देशका प्रमुख सहरमा कर्न्र्सट गर्दै आएको छ ।

- अादर्श समाज सम्वाददाता