तानसेनमा सडक खाना महोत्सव

पाल्पा, १७ फागुन। पाल्पा महोत्सव २०७३ चलिरहेको बेला मखनटोल टोल विकास संस्था तानसेनले मुख्य बजार मखनटोलमा एकदिने सडक खाना महोत्सव गर्ने भएको छ।

चौथौ संस्करणको रुपमा आयोजना गरिएको खाना महोत्सवमा स्थानीय नेवारी, मगरी, थकाली, मुस्िलम सहित जातीय पहिचान झल्किने परिकारको स्वाद लिन पाइने भएको  छ।

फागुन २० गते हुने सडक खाना महोत्सवमा ४० वटा स्टलमा खाना परिकारसं’ग सांस्कृतिक कार्यक्रमसमेत हुने र प्रवेश निःशुल्क गरिने कार्यक्रम संयोजक ज्योति राजभण्डारीले बताइन्।महिलाले व्यवस्थापन गरेको सडक खाना महोत्सवबाट आर्जन गरेको रकम टोलको सरसफाइमा खर्च गरिने छ।

महिलाको सशक्तिकरणसँगै जातिगत परम्परागत खाना र संस्कृतिको विकासमा सहयोग गर्ने उद्देश्य रहेको संस्थाकी अध्यक्ष रोजिता श्रेष्ठले बताइन्।

राति ९ बजेसम्म हुने सडक खाना महोत्सवमा विदेशी पर्यटकलाई समेत पाल्प्ााली स्वाद चखाइने भएको छ। जसबाट पाल्पामा पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

- अादर्श समाज सम्वाददाता