तराना साँङ्गीतिक साँझ तयारी

पोखरा, १४ फागुन। तराना म्युजिक सेन्टरले आयोजना गर्ने तराना साङ्गीतिक साँझ २०७३ को तयारी पूरा भएको छ।

उदिम मिडिया प्रालिको व्यवस्थापनमा शनिबार पोखरामा भएको पत्रकार सम्मेलनमा सेन्टरका प्रमुख एवं कार्यक्रम संयोजक श्रीमान् थुलुङले फागुन २१ गते शनिबार हुने कार्यक्रमको तयारी पूरा भएको जानकारी दिए।

कार्यक्रमको मुख्य प्रायोजक ग्लोरी फेशन होम पोखराका प्रोपाइटर शान्ति श्रीसमगरले संगीतमा पहिलेदेखी नै रुचि भएकाले सांगीतिक साँझको प्रयोजन गरेको बताइन्। साँझमा लामो समयदेखि तराना म्युजिक सेन्टरमा संगीत प्रशिक्षण लिदैँ आएका प्रशिक्षर्थीहरू शान्ति श्रीसमगर, स्मृति राई, काजी राई, तमन्ना गुरुङ, उमेश राई, सुनील गायक, र्सूय गुरुङ, कमला थापा, सजना बास्तोला, सम बसेल, पूर्ण श्रेष्ठ, सरिता राई, सुष्मा शेरचन, सुरज रानाभाट, तेजु पुन, हरि पुन, विष्णु तामाङ, अनिष कुमारलगायत तीन दर्जन कलाकारले दर्शकलाई मनोरञ्जन दिने छन्।

यस्तै, सञ्जय दुरा, अस्मिता थापा, केवश सुवेदी, ज्योसत पुन, रञ्जित मगर, विनिशा गुरुङ, ममता राई, प्रिती तामाङ, संगीता राई, रोशनी गुरुङ, स्टार साङपाङ राई, सुमी सुनार, गगन घिमिरे, शारदा राई, संगीता बोहरा, माया रोका, शान्ति राई र सन्दीप गुरुङले पनि गीत गाउनेछ।

सो अवसरमा विभिन्न आकर्षक नृत्य, शास्त्रीय संगीत तथा लोकदोहोरी पनि प्रस्तुत गरिने छ।

कार्यक्रम गर्न दुर्इ खर्च लाग्ने अनुमान गरिएको छ भने एक लाख रुपंैयाँ बचत हुने अपेक्षा गरिएको छ। बचत भएको रकम तराना साँङ्गीतिक कोषमा जम्मा गरिनेछ। उक्त कोषबाट अहिले छ जना गरिब तथा जेहन्दार छात्र/छात्रालाई निःशुल्क संगीत प्रशिक्षण दिइँदै आएको छ।

सेन्टरका प्रमुख एवं कार्यक्रम संयोजक श्रीमान् थुलुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार रोश्नी गुरुङले गरेकी थिइन्।

- अादर्श समाज सम्वाददाता