सेभेन ए साइड फुटबल तयारी

पोखरा, ५ फागुन। आगामी शनिबारदेखि पोखराको मालेपाटन खेल मैदानमा सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ।

हालसम्मकै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिता स्थानीय मालेपाटन युनाइटेड क्लबले आयोजना गर्न लागेको हो। क्लबद्वारा बुधबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी पहिलो पटक प्रतियोगिता गर्न लागेको जानकारी गराइएको हो। प्रतियोगिताका विजेताले एक लाख ५० हजार पाँच सय ५५ र उपविजेताले ८५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

मालेपाटन घर भइ हाल जापानमा रहेका महेन्द्र गुरुङले ्रतियोगिताको प्रथम पुरस्कार प्रयोजन गरेका छन्। प्रतियोगिताको विशेष सहयोगी जगदम्बा ट्राभल्स एण्ड र्टुसका केशव अधिकारीले द्वितिय पुरस्कारको प्रायोजन गरेका छन्।

प्रतियोगिताका सवोर्त्कृष्ट खेलाडीलाई पाँच हजार, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, मिडफिल्डर, सवोर्त्कृष्ठ डिफेण्डर र अनुशासित टिमलाई समान २५ सय नगद र ट्रफी प्रदान गरिने पत्रकार सम्मेलनमा जनाइएको छ। मालेपाटनस्थित वाराही माविको खेलमैदानमा हुने प्रतियोगितामा करिब ५० टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष प्रेम गुरुङले बताए।      नकआउटका आधारमा खेलाइने सेभेन ए साइडको प्रतियोगिता फिफा र एएफसी नियम अनुसार खेलाइने क्लबका सल्लाहकार सुशील केसीले बताए। पोखरेली आम जनमानसमा मालेपाटन र फुटबल पर्यायवाची शब्द बनेको आयोजकको दावी छ।

आयोजकका अनुसार पूर्व राष्ट्रिय खेलाडीहरू नगेन्द्र र्घर्ती, राम नेपाली र पुष्प केसी तथा हालको नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान अनील गुरुङले मालेपाटनबाट फुटबल खेल सुरु गरेको आयोजक मालेपाटन युनाइटेड क्लबले दावी गरेको छ। प्रतियोगिता फागुन १३ सम्म हुने आयोजकले जनाएको छ।

- अादर्श समाज सम्वाददाता