सृजना आमन्त्रित भलिबल प्रतियोगिता जारी

पोखरा, २४ माघ । सिर्जना आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा पुरुषतर्फ सशस्त्र प्रहरी बल (एपिएफ) र नेपाल प्रहरी एवं महिलामा एपिएफ र न्यू डायमण्ड एकेडेमी विजयी भए।

पोखरा रंगशालाको भलिबल कोर्टमा भएको प्रतियोगितामा पुरुषमा एपिएफले हेल्प नेपाल स्पोर्ट्स् क्लबलाई ३-१ को सेटमा पराजित गर्‍यो । जसमा २५-२२, २५-१३, २०-२५ र २५-१९ को स्कोर निस्केको थियो ।

दोश्रो खेलमा नेपाल प्रहरीले आयोजक पश्चिमाञ्चल भलिबल संघलाई सोझो सेटमा पराजित गर्‍यो । प्रहरीले २५-११, २५-१९ र २५-१९ को सोझो सेटमा पराजित गरेको हो ।

महिलातर्फ पहिलो खेलमा एपिएफले आयोजक पश्चिमाञ्चल भलिबल संघलाई सोझो सेटमा पराजित गर्‍यो । एपिएफले जीतका लागि २५-१७, २५-१० र २५-१९ को स्कोर खडा गरेको थियो ।

दोश्रो खेलमा न्यू डायमण्डले नेपाल प्रहरीलाई १९-२५, २५-१४, २२-२५, २५-२० र १५-९ को सेटमा हरायो ।

मंगलबार लिग चरणका चार खेल हुनेछन् । महिलातर्फ न्यू डायमण्ड एकेडेमी र भारतको उत्तर प्रदेश भलिवल संघ, पुरुषतर्फ आयोजक पश्चिमाञ्चल र भारतको उत्तर प्रदेश भलिवल संघ, महिलातर्फ आयोजक पश्चिमाञ्चल र त्रिभुवन आर्मी तथा चौथो खेलमा पुरुषको हेल्प नेपाल स्पोर्ट्स् क्लब र त्रिभुवन आर्मीबीच प्रतिष्पर्धा हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए ।

- अादर्श समाज सम्वाददाता