पोखरा पिस क्रिकेटमा धौलागिरी सेमिफाइनलमा

पोखरा, २४ माघ। दशौं पोखरा पिस क्रिकेट कप २०७३ अन्तर्गत सोमबार भएको खेलमा धौलागिरी क्रिकेट क्बल बागलुङले शुक्लागण्डकी युथ क्लब तनहुँलाई एक सय २५ रनले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ।

धौलागिरीले २० ओभरमा पूरा खेल्दै चार विकेट नोक्सानीमा दुर्इ सय तीन रनको विशाल योगफल तयार पारेको थियो। जसमा धौलागिरीका दीपक कुँवरले ५१ बलमा ८ चौका र ४ छक्काको मद्दतले अविजित ७५ रन र सञ्जय शाहले २६ बलमा चार चौका र तीन छक्का मद्दतले ४७ रनको योगदान दिएका थिए। शुक्लागण्डकीका तर्फबाट विवेक कार्कीले तीन ओभरमा २३ रन खर्चिदै एक विकेट लिन सफल भए।  शुक्लागण्डकीले १८ दशमलव तीन ओभरमा सम्पूण्ा विकेट गुमाउँदै ७८ रनमा समेटिन पुगेको थियो। शुक्ला गण्डकीका तर्फबाट विजय बरालले ११ बलमा १० रन बनाउन सफल भए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। खेलमा म्यान अफ दी म्याच धौलागिरीका दीपक कुँवर घोषित भए।

बुधबार लेकसाइड युथ क्रिकेट क्लब पोखरा र बालुवाटार क्रिकेट क्लब काठमाडौबीच प्रतिष्पर्धा हुनेछ भने अर्को खेलमा राइजिङ क्रिकेट क्लब पोखरा र क्रिकेट एशोसिएशन अफ चितवन एकेडेमी ११ बीच प्रतिष्पर्धा हुने आयोजक पोखरा पिस क्लबले जनाएको छ।

- एजेन्सी