कास्की खेलकुद पत्रकार मञ्चलाई ५० हजार

पोखरा, १७ माघ। नेपाल खेलकुद पत्रकार मञ्च कास्कीलाई गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष मुच्क्षेत्र गुरुङले ५० हजार प्रदान गरेका छन।

गुरुङले उक्त रकम मञ्चले २०७४ बैशाखमा आयोजना गर्ने पोखरा स्पोट्स अर्वाडका लागि प्रदान गरेका हुन्। सहारा युकेले पोखरामा आयोजना गरेको कार्यक्रममा उनले उक्त रकमको चेक मञ्चका अध्यक्ष केशव पाठकलाई प्रदान गरे।

सहारा युकेले पोखरामा सम्पन्न १५ औं आहा रारा गोल्ड कप भव्यताका साथ सम्पन्न गर्न स्थानीय संघ-संस्थाले खेलेको भूमिकाप्रति सम्मान प्रकट गर्न कार्यक्रम आयोजना गरेको हो।

सो अवसरमा सहारा युकेका अध्यक्ष मिनबहादुर गुरुङले विभिन्न संघ, संस्थालाई सम्मान गरेका थिए। सो अवसरमा विभिन्न संस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।

कार्यक्रममा सहारा युकेका सल्लाहकार रमेश बास्तोलाले समेत बोलेका थिए।

सहयोगप्रति अध्यक्ष पाठकले आभार प्रकट गरे।

- एजेन्सी