नेपालीलाई आममाफी दिने

लेखनाथ, २० कात्तिक। पासपोर्ट तथा अन्य आवश्यक कागजपत्र नभएर गैरकानुनी रुपमा बसेका नेपालीलाई कतार सरकारले  १ डिसेम्बर २०१६ सम्ममा आममाफी दिने भएको छ।

रोजगारीको सिलसिलामा कतार आइसकेपछि विभिन्न कारणले संम्बन्धित कम्पनी छाडी लुकिछिपी काम गर्ने नेपालीलगायतलाई विना शर्त आफनो देश र्फकन निश्चित समयका लागि कतार सरकारले आममाफी घोषणा गरेको हो।

गैरकानुनी रुपमा बसेका नेपाली नागरिकलाई  यो सुवर्णयअवसर रहेको कतारका लागि नेपाली नियोगको सूचनामा उल्लेख छ। नेपाली नियोगले सर्भिस डेस्क व्यवस्था गरिसकेको र ट्राभल्स डकुमेन्ट बनाएर स्वदेश र्फकन सहयोग गर्ने प्रतिवद्धता पनि जनाएको छ।

सामाजिक कार्यमा क्रियाशील कास्की आदर्श सेवा समाज कतारले यस्तो अवसर फेरि  आउन समय लाग्ने हुँदा नेपालभर नै यो सन्देश पुगोस् भन्ने चाहना रहेकेा अध्यक्ष मनप्रसाद रानामगरले बताए।

- अादर्श समाज सम्वाददाता