टर्कीमा सैनिक विद्रोह प्रयास

अंकरा (र्टर्की), १ साउन। टर्कीका प्रधानमन्त्री विनाली यिल्दिरिमले मुलुकमा भएको सैनिक विद्रोह ‘कु’ को प्रयास हुँदा भएको झडपमा मृत्यु हुनेको सङ्ख्या एक सय ६१ पुगेको शनिबार बताएका छन्।

घटनामा एक हजार चार सय ४० जना घाइते भएका छन् भने सरकारले दुर्इ हजार आठ सय ३९ सैनिक अधिकारीलाई विद्रोहमा संलग्नता रहेको आरोपमा नियन्त्रणमा लिएको प्रधानमन्त्री यिल्दिरिमले बताए। थप केही सेनालाई विद्रोह प्रयासमा सघाएको आरोपमा सुरक्षा नियन्त्रणमा लिने क्रम अझै जारी छ।

यसैबीच शुक्रबारको ‘कु’ प्रयास नियन्त्रणभित्र आइसकेको बताउँदै यस घटनाबारे छलफलका लागि शनिबार दिउँसो आकस्मिक रुपमा संसदीय बैठक बोलाइएको थियो। प्रधानमन्त्रीले इस्लामिक धर्मनेता फेतुल्लाह गुलेनलाई सहयोग गर्ने कुनै पनि मुलुक र्टर्कीको असल मित्र हुन नसक्ने बताए।

गुलेनका समर्थकले सैनिक विद्रोह गराउने प्रयास गरेको र्टर्कीका सरकारी अधिकारीले बताएका छन्। गुलेन संयुक्त राज्य अमेरिकामा आफ्नै इच्छाले केही वर्षदेखि निर्वासनमा रहँदै आएका छन्।

- रासस