दोबिल्ला नदी कटानले जोखिममा

पोखरा, १ असार। सेती नदीको कटानका कारण पोखराको दोबिल्ला क्षेत्र उच्च जोखिममा परेको छ।

निर्माण व्यवसायीले जथाभावी रुपमा निर्माण सामाग्री निकाल्ने गरेका कारण नदीको धार परिवर्तन भई नदीले जमिन कटान गर्न थालेको हो। तनहुँ र कास्कीका पनि तल्लो क्षेत्रमा नदीजन्य निर्माण सामाग्री जथाभावी झिकेका कारण आसपासका क्षेत्र जोखिममा परेको सहारा क्लब पोखराका अध्यक्ष वीरभद्र आचार्यले बताए।

विशेषगरी तनहुँको कोत्रेमा नदीको बहाव नै परिवर्तन हुने गरी निर्माण सामाग्री झिक्दा समस्या भएको उनको अनुभव छ। ‘अस्वभाविक रुपमा नदी कटान बढ्दै गएको छ, तल्लो क्षेत्रमा बढी खाडल भएका कारण नदीको वहाव पनि निकै तेज हुन थालेको छ’-उनले भने-‘यसकाबारे सम्बन्धित निकायलाई पटक-पटक जानकारी गराइसक्यौं, तर संरक्षणको पहल कतैबाट हुन सकेन।’

दोबिल्ला क्षेत्र जोगाउनका लागि क्लबले सिंचाइ मन्त्रालय, वन, स्थानीय विकास मन्त्रालयलगायतका मन्त्रालयमा निवेदन पेश गरिसकेको छ। नदीवारि र पारिका ढुङ्गासमेत जमिन भत्काएर लान थालेपछि अहिले यस क्षेत्र कटानको उच्च जोखिममा छ।

नदीले बगाएर ल्याएका ढुङ्गामात्र ठेकेदारले निकाल्नुपर्ने भएपनि नदीवारिपारि दुवैपट्टकिा जमिन खनेर तथा पाखा भत्काएरसमेत निर्माण सामाग्री निकाल्ने गरिएको स्थानीयले गुनासो गरेका छन्। ‘कटान नियन्त्रणका लागि पोखरा उपमहानगरपालिकाले रिटेनिङ वाल निर्माण गरेको छ। तर वर्षेनि वाल नै भत्काएर लैजान्छ, पहिले लगाइएका वाल डाँडामा पुगिसके’-आचार्यले भने-‘नदी अहिले धेरै गहिरो भइसक्यो, बेलैमा सोचिएन भने महाविपद् ल्याउन सक्छ।’

नदी कटान रोक्नका लागि त्यस क्षेत्रमा वृक्षारोपण पनि गरिएको छ। तर मापदण्ड अनुसार निर्माण सामाग्री ननिकाल्दा समस्या बल्भिmएको छ। जिल्ला विकास समितिले भने कटानका विषयमा जानकारी नभएको जनाएको छ। कटान भएको ठाउँमा तत्काल अनुगमन गर्ने र आवश्यक कारबाही अगाडी बढाउने जिल्ला विकास समिति कास्कीका राजश्व शाखा प्रमुख माधव तिमिल्सिनाले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता