प्रजातान्त्रिक विचार समाजद्वारा बधाई

sdfds

पोखरा, १५ असार। जिल्लाबाट प्रजातान्त्रिक विचार समाजको केन्द्रीय समितिमा निर्वाचित पदाधिकारी एवं सदस्यको सम्मानमा प्रजातान्त्रिक विचार समाज कास्कीले बुधबार बधाई एवं शुभकामना कार्यक्रम गरेको छ।

केन्द्रीय सचिवमा निर्वाचित प्राडा वासुदेव भण्डारी, विन्दु पौडेल र वीरबहादुर कार्कीलाई बधाई तथा सम्मान गरिएको हो।

त्यस्तै, शाखाका सदस्य एवं पे्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेललाई दयाशंकर स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकोमा र शाखा सदस्य जीता बराल जनप्रिय क्याम्पस व्यवस्थापन समितिको सदस्यमा निर्वाचित भएकोमा बधाई एवं शुभकामना दिइएको थियो।

कार्यक्रममा विचार समाज कास्कीका पूर्व सदस्य एवं नवनिर्वाचित केन्द्रीय सचिव प्राडा वासुदेव भण्डारीले विचार समाजले मुलुकमा प्रजातान्त्रिक मूल्य, मान्यतालाई अगाडि बढाउने काममा लाग्नुपर्ने बताए।

समाजका सल्लाहकार प्रा. पद्मशरण रेग्मी, प्राध्यापक विष्णु पराजुली, प्राडा वेदनाथ शर्मालगायतले संविधान कार्यान्यनका लागि समाजको भूमिका महत्वपूर्ण रहेको बताए।

संस्थाका पूर्व अध्यक्ष डा. गिरीधारी शर्माले समाजको कास्की शाखाले विगतमा गरेका कामको मूल्याङ्कन भएको बताए।

अर्का सदस्य ऋषि सापकोटाले विश्व राजनीतिमा लोकतान्त्रिक पद्दतिले मात्र समाजवादलाई अगाडि बढाउने भएकाले नेपालमा लोकतन्त्रण संस्थागत विकास आवश्यक रहेको बताए।

केन्द्रीय सदस्य विन्दु पौडेल, वीरबहादुर कार्की, संस्थाका कास्की सचिव तुलसी प्रवास, रमेश पौडेल, जीता बराललगायतले बोलेका थिए।

विचार समाजको काठमाडौंमा सम्पन्न महाधिवेशनले डा केदारनसिंह केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो।

- एजेन्सी