बालविवाह रोक्न बालबालिकै सक्रिय

child marriage

पोखरा, १४ असार। बालविवाह न्यूनीकरणका लागि वडा बाल मञ्च पोखरा-२६ को आयोजनामा सराङकोटमा बालविवाह न्यूनीकरण विषयमा वक्तृत्वकला प्रतियोगिता भएको छ।

प्रतियोगितामा मेथलाङ बाल क्बलका सुनिता तिमिल्सिना प्रथम, आदर्श बाल क्लबका सल्लाहकार धीरज थापा द्वितीय र सूयोर्दय बाल क्लबका प्रतीक्षा थापा तृतीय भएको वडा बाल मञ्चका अध्यक्ष रश्मी थापाले जानकारी दिइन्।

कार्यक्रमका प्रमुख अतिथि सिर्द्धार्थ क्लबका द्वितीय उपाध्यक्ष पार्वती माकाजूले भोलिको विकसित समाज आजको बालबालिकाको संरक्षणले निर्धारण गर्ने भएकाले बालविवाहको रोकथामका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताइन्।

कार्यक्रममा वडा नं २६ का वडा सचिव रुद्रप्रसाद बस्ताकोटी, नेपाली काँग्रेस वडा सभापति शिव तिमिल्सिना, एमाले उपाध्यक्ष ज्ञानबहादुर थापा र राप्रपा नेपालका वडा कमिटी अध्यक्ष बलबहादुर खड्काले बालविवाहका विषयमा सजग हुनुपर्ने धारणा राखे। वडा बाल मञ्चका अध्यक्ष रश्मी थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सिर्द्धार्थ क्लबका सामाजिक परिचालक रश्मी भण्डारीले गरेकी थिइन्। कार्यक्रममा स्वागत वडा बाल मञ्चका सचिव धीरज थापाले गरेका थिए।

- एजेन्सी