मेसीको सन्यास

messiपोखरा, १३ असार। अर्जेन्टिनाका क्याप्टेन तथा स्टार खेलाडी मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। कोपा अमेरिकाको महत्वपूर्ण पेनाल्टीमा मेसीले गोल गर्न चुकेसँगै उनले सन्यास घोषणा गरेका हुन्। ‘मेरो लागि राष्ट्रिय खेल जीवन समाप्त भएको छ,’ उनले भने, ‘मैले जे जति गर्न सक्थें सबै गरेजस्तो लाग्छ तर च्याम्पियन बन्न नसकेकोमा निक्कै दुःख लाग्दोरहेछ’ चिलीले अर्जेन्टिनालाई ४-२ ले पछि पार्दै गत वर्षकै नतिजा दोहोर्‍याएपछि सबैभन्दा बढी निराश मेस्सी नै भए र हारको पीडाबाट विक्षिप्त बनेर सन्यासको घोषणा गरे।

२९ वषे मेसीले अर्जेन्टिनाका लागि एक सय १२ खेल खेलेका छन्। उनले सन् २००५ मा पहिलो पटक राष्ट्रिय टिमबाट खेलेका थिए। राष्ट्रिय टिमबाट खेल्दा मेसीको सबैभन्दा ठूलो उपलब्धि सन् २००८ को बेजिङ ओलम्पिक्समा स्वर्णयपदकमात्रै हो। २०१४ को फुटबल विश्वकपमा पनि अर्जेन्टिना जर्मनीसँग १-० ले पराजित भएको थियो। तीन पटक कोपाको फाइनलमा पुगे पनि उपाधिबाट सधैँ वञ्चित बन्यो। सन्यास घोषणाले विश्व फुटबल जगत्मा तरङ्ग ल्याएको छ।

- अादर्श समाज सम्वाददाता