दुर्घटना रोक्न डिमर्चा दर्शकमाझ

पोखरा, १२ असार। डिमर्चा व्याण्ड ट्राफिक सन्देशमूलक गीत लिएर दर्शकमाझ आएको छ।

dmarcha

पप गीतमा छुट्टै पहिचान बनाएर दर्शकमाझ लोकप्रिय उक्त व्याण्डको ट्राफिक सन्देशमूलक गीतबाट सडक दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरिएको छ।

‘ट्राफिक नियम पालना गरी दुर्घटनाबाट बचौं’, ट्राफिक प्रहरीले सिठ्ठी फुक्दा आफ्नो सवारी रोकौं’ बोलको गीतमा डिमर्चाले भिजुअल तयार पारेको हो।

पोखरा र लेखनाथका सडक तथा विद्यालयमा खिचिएको भिडियोको निर्देशन तथा दृश्याङ्कन सुरज श्रेष्ठले गरेका छन्। युवा निर्देशक श्रेष्ठले गीतको दृश्यमार्फत् दर्शकलाई सचेतनामूलक सन्देश दिने प्रयास गरिएको बताए।

भिडियो निर्माणको सम्पूर्ण काम सकेर प्रसारणका लागि योग्य भएको व्याण्डका भोकलिष्ट भास्करध्वज श्रेष्ठले बताए।

सञ्चारकर्मी सन्देश श्रेष्ठको परिकल्पना, शिव शर्माको शब्द र डि(मर्चाको संगीत तथा गायनमा तयार पारिएको सो गीत सन्देशमूलक छ।

- एजेन्सी