बेलायत इयुबाट अलग

काठमाडौ, १० असार। बेलायतमा भएको जनमत संग्रहमा युरोपीय युनियन (इयु)बाट बाहिरिने पक्ष विजयी भएको छ।

इयुमा रहिरहने कि अलग हुने भन्नेबारे बेलायतमा बिहीबार ऐतिहासिक जनमत संग्रह भएको थियो, जसमा झण्डै ५१ प्रतिशत मतदाताले इयु छाड्ने पक्षमा मत दिएका छन्। प्रतिस्पर्धात्मक चुनावमा इयुमा रहिरहनु पर्छ भन्ने पक्ष थोरैपछाडि पर्‍यो। इयु छाड्न पर्ने पक्षमा एक करोड ७४ लाख १० हजार सात सय ४२ अर्थात ५१ दशमलब नौ प्रतिशत मत खसेको छ। चुनावी परिणामपछि प्रधानमन्त्री डेविड क्यामरनले राजीनामा दिने घोषणा गरेका छन्। प्रधानमन्त्री क्यामरुन युरोपेली संघमा बेलायत रहनुपर्छ भन्ने पक्षमा थिए।

- अादर्श समाज सम्वाददाता