संगीतको सगरमाथा ढल्यो

काठमाडौं, २५ जेठ। उपराष्ट्रपति नन्दबहादुर पुनले केही हप्ताअघि मात्र वरिष्ठ संगीतकार अम्बर गुरुङलाई गरिएको एउटा सम्मान कार्यक्रममा भनेका थिए-’अम्बर गुरुङ नेपाली सङ्गीतको सगरमाथा हुनुहुन्छ।’

u|fG8L cGt/f{li6«o c:ktfndf jl/i7 ;ªuLtsf/ :j cDa/ u'?ª k|fy{s zl//df >¢f~hnL lbb}{ kl/jf/sf ;b:o tyf ;ªuLtk|]dL . tl:a/ M /f]zg ;fksf]6f,/f;;

u|fG8L cGt/f{li6«o c:ktfndf jl/i7 ;ªuLtsf/ :j cDa/ u’?ª k|fy{s zl//df >¢f~hnL lbb}{ kl/jf/sf ;b:o tyf ;ªuLtk|]dL . tl:a/ M /f]zg ;fksf]6f,/f;;

पुनजस्तै धेरैले मानेको ‘सगरमाथा’ मंगलबारबाट हाम्रोसामु रहेन। संगीतप्रेमी र सर्वसाधारणका लागि मंगलबार दुखद् सावित भयो। दार्जिलिङमा जन्मिएर नेपाललाई कर्मभूमी बनाएका वरिष्ठ संगीतकार अम्बर गुरुङलाई नेपालीले सदाका लागि गुमाए।

मंगलबार बिहान २ बजेर ३७ मिनेटमा उनको निधन भयो। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका जनसर्म्पर्क तथा सञ्चार व्यवस्थापक विनोद अधिकारीले उपचारमा संलग्न चिकित्सक डा चक्रराज पाण्डेलाई उद्धृत गर्दै भने-’उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। तर एक्कासी मुटुको चाल घट्यो। बुढ्यौलीमा हुने शारीरिक कमजोरीका कारण उहाँको निधन भएको हो।’

भोजन नली, मधुमेह, रक्तचापलगायतका समस्यासँग जुधिरहेका गुरुङको केही दिनदेखि अस्पतालमा उपचार भइरहेको थियो। यसअघि उनको भारतको मेदान्त अस्पतालमा उपचार भएको थियो।

भारतको दार्जिलिङमा जन्मेर नेपाल आई उनले नेपाली गीतसंगीतमा योगदान गरेका थिए। रातो र चन्द्रसूर्य, नौ लाख तारा उदाए, म अम्बर हुँ, तिमी धर्तीलगायत करिब हजार गीतमा उनले संगीत भरेका थिए। उनी गीतकार, संगीतकार र गायक पनि थिए।

नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति गुरुङका श्रीमती, तीन छोरा र एक छोरी छन्। गुरुङको हिन्दू र बौद्ध दुबै विधिद्वारा अन्तिम संस्कार गरिएको छ। गुरुङको राष्ट्रिय सम्मानका साथ मंगलबारै अन्त्येष्टि गरिएको छ।

नेपाली संगीतका ‘महागुरु’ अम्बर गुरुङको एकमात्र इच्छा थियो, कम्तीमा छ जनाको नेपाली चेम्बर अर्केस्ट्रा बनाउने। उनको इच्छा अझै अधुरै छ। उनी मधुमेह, उच्च रक्तचाप, पार्किन्सनिजमजस्ता समस्याबाट पीडित थिए। खानेकुरा पचाउन गाह्रो हुने समस्याका कारण एक साताअघि उनलाई ग्रान्डी अस्पताल भर्ना गरिएको थियो। दिल्लीको मेदान्त अस्पतालमा लामो समयको उपचारपछि उनी दुर्इ महिनाअघि मात्रै नेपाल फर्किएका थिए।

गुरुङले ७८ वर्ष लामो जिन्दगीको अधिकांश समय नेपालमा बिताए। विसं १९९४ फागुन १४ गते दार्जिलिङको लालढिकीमा उनको जन्म भएको थिए। उनका हजुरबुबा भारतीय सेनाको जागिरेका रूपमा भारत छिरेका थिए। उनका बुवा उजिरसिंह गुरुङले पनि भारतीय सेनामै जागिर खाएका थिए। उनको पुख्यौर्ली थलो भने गोरखाको रिसिङ हो।

गायन, संगीत र गीत रचनाका विलक्षण प्रतिभा गुरुङलाई उनका चेला, पत्रकार तथा लेखक पिटर जे कार्थक ‘माइस्ट्रो’ भन्न रुचाउँछन्। उनका अनुसार यो शब्दमा संगीतज्ञलाई गरिने सबैभन्दा बढी आदरको भाव हुन्छ, जुन शब्दले संगीतका महागुरु वा महर्षी भन्ने भाव बोक्छ। ‘संगीतमा त उनको आफ्नो स्थान छँदै छ, कसैसँग तुलनै हुँदैन। गायनमा पनि शब्द-शब्द बुझेर प्रत्येक शब्दमा फिलिङ्स दिनसक्ने क्षमता अम्बर गुरुङसँग छ’-कार्थक भन्छन्-’फेरि साहित्यसँग उनको निकटता हेरौं न, उनले रचना गरेको लिरिक्स कस्तो छ- त्यसैले मैले ‘माइस्ट्रो’ भनेको हुँ।’

गीत रचनामात्रै होइन, गद्य लेखनमा पनि उनको कलम उत्तिकै राम्रो चल्यो। उनले लेखेको ‘कहाँ गए ती दिनहरू’ नेपाली निबन्ध साहित्यमा राम्रो छाप छोड्न सफल किताब बन्यो। पछिल्लो केही वर्ष उनले पत्रपत्रिकाका लागि थुप्रै निबन्ध लेखेका छन्। ती निबन्ध पुस्तकका रूपमा संग्रहीत भने भएका छैनन्। २०३५ सालमैँ ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’का लागि साझा पुरस्कार जितेका कार्थक उनको लेखकीय प्रतिभाबारे परिचित थिए।

राष्ट्रकवि माधवप्रसाद घिमिरे त उनलाई नेपाली संगीतका शताब्दी पुरुष मान्छन्। गुरुङ प्रज्ञा प्रतिष्ठानमा जागिरे छँदा घिमिरे उपकुलपति भएका थिए। यही बेला घिमिरेको नाटकमा उनले संगीत गरेका हुन्।

जीवनभर उनको आकाश खुलेर हाँस्न पाएन, अभावमा रोइरहृयो। ‘नौ लाख तारा उदाए’ एउटा गीतमात्रै रहेन, उनको जीवनको एउटा महत्वपूर्ण घुम्ती बन्यो। मानौं, उनको जीवनको बाँकी बाटो यही गीतले देखाइरहृयो, यही गीतले उनलाई लखेटिरहृयो। चलिरहेको जीवन भत्काइदियो र नयाँ जीवनतर्फ धकेल्यो।

उनलाई पञ्चायतले काठमाडौं बोलाएको थियो, पञ्चायतकालभरि पञ्चायतकै पक्षमा रहे। ०४६ सालमा बहुदल स्थापना भएपछि उनले सजिलै नयाँ परिवर्तन आत्मसात गरे। ०६२-६३ को जनआन्दोलनपछि उनले महत्वपूर्ण अवसर र जिम्मेवारी पाए। राजाले बोलाएर काठमाडौं आएका सर्जकले गणतन्त्र नेपालको राष्ट्रिय गीतमा संगीत सिर्जना गरे। त्यस्तै नाट्य संगीत प्रज्ञा प्रतिष्ठान बनेपछि यसको संस्थापक कुलपति नियुक्त भएका थिए।

- अादर्श समाज सम्वाददाता