गौरीशङ्कर मनिलाल उमाविको वाषिर्कोत्सव

हेमजा, ७ जेठ। कास्कीको ल्वाङघलेल-७ स्थित गौरीशङ्कर मनिलाल उच्च माविको ४५ औं वाषिर्कोत्सव, पुरस्कार एवम् छात्रवृत्ति बितरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निदेशक विष्णुप्रसाद अधिकारीले शिक्षामा सबैको पहँच पुग्नुपर्ने बताए। अधिकारीले शिक्षा मावन जीवनका लागि अपरिहार्य बनिसकेको टिष्पणी गर्दै शिक्षा विनाको जीवन पशुतुल्य हुने बताए।

कास्कीका उपजिल्ला शिक्षा अधिकारी हेमनारायण चापागाईले  नेपालका दुर्गम गाँउमा उच्च शिक्षाको पहुँच बृद्घि गर्नुपर्नेमा जोड दिए।

त्यस अवसरमा विभिन्न छात्रवृत्ति पनि वितरण गरिएको थियो। विद्यालयका प्रधानाध्यापक रक्षबहादुर क्षेत्रीले विद्यालयको समग्र गतिविधिमाथि प्रकाश पार्दै विद्यालयमा माध्यमिक तहको दरबन्दी खाँचो परेको बताए।

क्षेत्रीले विद्यालयका संस्थापक अध्यक्ष स्वर्गीय मनिलालका छोराहरूबाट गत साल सात लाख कम्प्युटर कक्षाका लागि सहयोग प्राप्त भएको जानकारी दिँदै विद्यार्थीको शैक्षिक उपलब्धि बृद्घि गर्न विद्यालय प्रशासन लागि परेको दाबीसमेत गरेका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकबहादुर तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रम शिक्षकद्वय हिरादेवी लामिछाने र जीतबहादुर क्षेत्रीले संयुक्त रुपमा सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता