बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ, २९ बैशाख। यस वर्षको बुद्ध जयन्तीको अवसरमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ।

Buddha

यसअघि बुद्ध जयन्तीका अवसरमा विभिन्न सम्मेलनको आयोजना गरेको भए पनि मुलुकको कार्यकारी प्रमुखको अध्यक्षतामा बौद्ध धर्मसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिनिधि र ख्यात्रि्राप्त व्यक्ति नेपालमा बोलाएर ऐतिहासिक सम्मेलन गर्न लागेको यो पहिलो हो। सरकारले आगामी जेठ ६ र ७ गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन काठमाडौँमा गर्न गत वर्षदेखि तयारी प्रारम्भ गरेको थियो। सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बुर्द्धधर्म र बुद्ध दर्शनसम्बन्धी नेपाली प्राज्ञिक व्यक्तित्व, अनुसन्धानकर्ताका १८ र विदेशी छ वटा गरी २४ कार्यपत्र प्रस्तुत हुनेछन्।

आगामी जेठ ८ गते २५६० औँ बुद्धजयन्ती लुम्बिनीमा मनाउने तयारी गरेको छ। सो अवसरमा बौद्ध सम्मेलनका लागि देश विदेशबाट आएका विशिष्ठ व्यक्ति र प्राज्ञको उपस्थितिमा लुम्बिनीमा बौद्ध परम्पराअुनसार विभिन्न धार्मिक अनुष्ठानसहित धुमधामका साथ बुद्धजयन्ती मनाउने तय भएको छ। सम्मेलनका लागि ‘लुम्बिनी, नेपालः भगवान् बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्गम भूमि’ भन्ने नारा तय गरिएको छ।

मन्त्रिपरिषद्को गत माघ २० गतेको निर्णयअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पाँच सय एक सदस्यीय मूल समारोह समिति गठन भएको थियो। सम्मेलन मूल आयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेको छ।

बुद्ध नेपाल बाहिर जन्मिएको भन्ने भ्रमपूर्ण प्रकाशन अझै केही देशमा पाइने सर्न्दर्भमा यो सम्मेलनले बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश फैलाउने अपेक्षा गरिएको छ।

- अादर्श समाज सम्वाददाता