एनसिडिएमसी नेपालको साधारणसभा

पोखरा, २९ बैशाख। सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल -एनसिडिएमसी) नेपाल स्याङ्जा शाखाको प्रथम साधारण सभा सोमबार स्याङ्जामा सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि सञ्जाल नेपालका केन्द्रीय सदस्य दीपेन्द्र सुवेदीले कार्यक्रममा सञ्जालको विधान, कार्यनीति, रणनीति र आगामी योजनाबारेमा प्रकाश पारेका थिए।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष दोबबहादुर कार्की, फिल्ड अफिसर सम्झना वाग्ले, जिविसका योजना अधिकृत यामप्रसाद रेग्मी, ज्रि्रकाका प्रतिनिधि रमेश ढकाललगायतले आफ्नो भनाइ राखेका थिए।

तदर्थ समितिका संयोजक बलबहादुर गोदारको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन केयर नेपाल स्याङ्जाका फिल्ड अफिसर सोमनाथ ओझाले गरेका थिए।

सोही भेलाले दुर्इ जना सदस्यपछि थप गर्ने गरी बलबहादुर गोदारको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।

समितिको उपाध्यक्षमा सावित्री विक, सचिवमा आरती कार्की, सहसचिवमा रीता कार्की र कोषाध्यक्षमा रेशमलाल रानाभाट सर्वसम्मत चयन भए। यसैगरी, सदस्यहरूमा वलराम लामिछाने, सिर्जना परियार, परशुराम रानाभाट र भानुभक्त उपाध्याय छन्।

- अादर्श समाज सम्वाददाता