छोराछोरीभन्दा भेडीगोठ प्यारो

‘छोराहरू आफ्नै खुट्टामा उभिएका छन्।’ काम नगर्नू बुबा भन्छन्’-केशबहादुर गुरुङ भन्छन्-’आफ्नो पाखुरा चलुन्जलेसम्म आफ्नै पौरख खाने हो।’ भेडीगोठमा हुर्के’, छोराछोरी हुर्काएँ, पढाएँ र बढाएँ। उनीहरूभन्दा मलाई भेडीगोठ नै प्यारो लाग्छ।’

पोखरा, २७ बैशाख। लमजुङ घलेगाँउका केशवहादुर गुरुङ उमेरले साठी कट्न लागे। यो उमेरमा पनि उनी हँसिला र जाँगरिला देखिन्छन्। गुरुङ भेडीगोठका मुखियासमेत हुन्।

दक्षिण एसियाकै उत्कृष्ट पर्यटकीय गाँउ घलेगाँउ नजिकैको भेडीगोठमा केशबहादुर भेटिए। त्यसो त, उनले नौ वर्षको उमेरदेखि आजसम्म भेडीगोठमा नै जीवन बिताउँदै आएका छन्।

‘नौ वर्षदेखि नै म भेडीगोठमा रमाउन थाले’-उनले भने-’अब बाँकी जीवन पनि यही बिताउन चाहन्छु।’ उनका दुर्इ छोरी र दुर्इ छोरा छन्। उनले भेडीगोठमा नै काम गरी चार सन्तानलाई एसएलसीसम्मको शिक्षा दिएका छन्।

उनका जेठा छोरा हाल इन्डियन आर्मी हुन्। कान्छा छोरा सेक्युरिटी गार्डको रुपमा दुबइमा कार्यरत छन्। छोरीहरू भने दुबै बिहे भएर आ-आफ्नो घर सम्हालिरहेका छन्। घलेगाँउको भेडीगोठमा अहिले पाँच सय ५० भन्दा बढी भेडाबाख्रा छन्। उनी मुखिया रहेको भेडीगोठमा मनप्रसाद गुरुङ र बबिध्वज गुरुङ भेडा हेरालुको रुपमा छन्। भेडाबाख्रा संरक्षणका लागि चार कुकुरसमेत पालिएको छ।

भेंडीगोठमा घलेगाँउका साथै गिलुङ, लामागाँउ, पसगाँउलगायतका भेडाबाख्रा छन्। ‘चको घाम होस या असिना पानी भेेठाबाख्रा चराउनुपर्छ’-मुखिया गुरुङले भने-’भेडीगोठमा काम गर्न दुःख छ नि।’ दुःख भए पनि आफूलाई भेडीगोठमा नै रमाइलो लाग्ने सुनाए।

‘छोराहरू आफ्नै खुट्टामा उभिएका छन्।’ काम नगर्नू बुबा भन्छन्’-उनी सम्झन्छन्-’आफ्नो पाखुरा चलुन्जलेसम्म आफ्नै पौरख खाने हो।’ भेडीगोठमा हुर्के’, छोराछोरी हुर्काएँ, पढाएँ र बढाएँ। उनीहरूभन्दा मलाई भेडीगोठ नै प्यारो लाग्छ।’

भावुक भन्दै उनले भने-’मेरो अन्तिम सास पनि भेडीगोठमा जाओस्।’ भेडाबाख्रा चराउनका लागि उनीहरू टाढा-टाढाको जंगलसम्म पुग्ने गर्दछन्।

चरनका लागि निश्चित क्षेत्र तोकिने उनीहरूले सुनाए। भेडीगोठमा काम गरेवापत मुखियाँ गुरुङले खाएर र बसेर सात हजार र उनका सहयोगी मनप्रसाद गुरुङ र बबिध्वज गुरुङले समान छ हजार पाउँछन्।  कहिलेकाहीँ बाघको आक्रमण र विभिन्न रोगका कारण भेडाबाख्रा मर्दा उनीहरू चिन्तामा पर्छन्। चार महिनाको अवधिमा ३५ भेडाबाख्रा बाघले मारेको उनले सुनाए। गाँउमा भेडापालनका लागि गाविसवाट समेत बजेट छुट्याइने गरेको स्थानीय बताउँछन्। चिसो हावापानी र चरन क्षेत्र पर्याप्त भएको ठाँउमा भेडापालन राम्रो हुने जिल्ला पशु सेवा कार्यालय लमजुङले जनाएको छ

- अादर्श समाज सम्वाददाता