‘मङ्सिरसम्ममा स्थानीय निर्वाचन ’

काठमाडौं, २५ बैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी कात्तिक वा मङ्सिरमा स्थानीय निकायको निर्वाचन गर्ने तयारी भएको बताएका छन्।

kp oli

प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थानीय निर्वाच्ानको तयारी सुरु गर्न प्रहरी नेतृत्वलाई निर्देशनसमेत दिए। २०७४ माघ ७ गतेभित्रमा आम निर्वाचन हुने प्रधानमन्त्रीको भनाइ थियो।सरकारको काम, कारबाही प्रभावकारी बनाउन सत्तासाझेदार एकीकृत माओवादीसँग भएको नौबुँदे सहमति सहयोगी हुने प्रधानमन्त्री ओलीले अपेक्षा गरे। प्रधानमन्त्रीले देश संघीय संरचनामा गएकाले नेपाल प्रहरी पनि त्यसै ढाँचामा परिवतर्न हुनुपर्ने आवश्यकता औल्याए।

‘हामी संघीय ढाँचामा गएका हौं। यसलाई राष्ट्रै अर्को भयो भनेर बुझ्नु हुँदैन’-प्रधानमन्त्री ओलीले भने-’संघीय प्रहरीको कार्यक्षेत्र कति, के भन्ने कुरा ऐनमा स्पष्ट हुन्छ। त्यसै अनुसार काम गर्नुपर्छ।’

नेपाल प्रहरीले समाज र सरकारबीचमा समन्वयकारी भूमिका निर्वाह गरिररहेकोमा प्रशंसा गरे। सङ्क्रमणकालीन अवस्थामा समाजमा अपराधिक घटनामा बृद्धि हुने भएकाले त्यसतर्फ चनाखो हुन प्रहरीलाई प्रधानमन्त्रीले निर्देश्ान दिए। विगतमा भएका आन्दोलनमा प्रहरीले अतिरिक्त बल प्रयोग गर्‍यो भन्नु गलत भएको प्रधानमन्त्रीले बताए।

- अादर्श समाज सम्वाददाता