फुटसल उपाधि न्युरोड ‘ए’लाई

पोखरा, २५ बैशाख। न्यूरोड क्लबको आयोजनामा भएको प्रथम न्युरोड खुल्ला फुटसल प्रतियोगिताको उपाधि आयोजक न्युरोड ‘ए’ ले जितेको छ।

फाइनलमा न्युरोड एले न्युरोड बीलाई ३-२ गोलले पराजित गदै उपाधि जितेको हो। सेमिफाइनलमा एले बिफिट स्पोटस्लाई र बीले बाँझापाटनलाई पराजित गदै फाइनल प्रवेश गरेका थिए।

उपाधि जितेको एले नगद ७० हजार र उपविजेताले ३५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। बैशाख २३ देखि भएको प्रतियोगितामा २९ समूहले सहभागिता जनाएका थिए। प्रतियोगितामा उत्कृष्ट खेलाडी न्यूरोड क्लबका रमेश मगर घोषित भए भने सर्वाधिक गोलकर्ताको पुरस्कार सुलेमान मगरले हात पारे। उनले प्रतियोगिताभरि नौ गोल गरेका थिए।

समापन कार्यक्रम न्युरोड क्लबका अध्यक्ष कपिल गुरुङको अध्यक्षतामा र सचिव नरप्रसाद शेरचनको सञ्चालनमा भएको थियो।

- एजेन्सी