उमा माविलाई रकम जुट्दै

पोखरा, २४ बैशाख। कास्कीको दाङसिङ गाविस वडा नं २, मोहरियास्थित उमा माविको नयाँ भवन निर्माणका लागि आर्थिक सहयोग जुट्न थालेको छ।

विद्यालयलाई मोहरिया-१ घर भइ हाल पोखरा-८ बस्ने पूर्व विद्यार्थी मिमप्रसाद गुरुङले शुक्रबार एक लाख एक हजार पाँच सय रुपैयाँ सहयोग गरे।

उनले अर्थ सङ्कलन समितिका सदस्यद्वय श्रीप्रसाद गुरुङ र खड्कबहादुर गुरुङलाई उक्त रकम हस्तान्तरण गरे। मिमप्रसादले सबैलाई भवन निर्माणमा सहयोग गर्नसमेत आग्रह गरे।

‘स्थानीयबासी श्रमदानदेखि आर्थिक सहयोगसम्म गर्न जुटिरहेका छन्’-विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज अध्यक्ष गुरुङले भने-’सबैको सहयोग पाउने अपेक्षा गरेका छौं।’ उनले भवन निर्माणमा आर्थिक सहयोग गर्न आग्रह गर्दै शुभेच्छुकहरूलाई पत्राचार गरिएको उल्लेख गरे।

विद्यालय भवन जीण्ा भएका कारण नयाँ भवन आवश्यक भएको हो। १२ कोठाको विद्यालय भवन निर्माण गर्ने योजना रहे पनि पहिलो चरणमा पाँच कोठामात्र निर्माण गरिनेछ।

१२ कोठाको भवन निर्माणका लागि ९१ लाख २८ हजार खर्च हुने अनुमान गरिएको छ।

भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालय कास्कीले २४ लाख उपलब्ध गराउने भएको छ भने बाँकी रकम चन्दास्वरुप सङ्कलन गरिनेछ।

- अादर्श समाज सम्वाददाता