सुरक्षा सहकारीको १० औँ स्थापना दिवस

पोखरा, २३ बैशाख। सुरक्षा बचत तथा ऋण सहकारी संस्थाको १० औँ स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न भयो।

त्यस अवसरमा ७० वर्ष पुगेका १८ जना ज्येष्ठ नागरिक शेयर सदस्यलाई सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि केशवप्रसाद निदोर्षीले सुरक्षा सहकारीले शेयर सदस्यलाई रकम जम्मा गरेर सदुपयोग गर्न सिकाएको बताए।

कार्यक्रममा सल्लाहकार खेमराज पौडेल र सम्मानित ज्येष्ठ नागरिकको तर्फबाट क्या. प्रेमबहादुर गुरुङले बोलको थिए।

संस्थाका अध्यक्ष शिवदक्त तिवारीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन शिक्षा उपसमिति सदस्य आनन्द पौडेलले गरेका थिए भने स्वागत कार्यक्रम संयोजक दिलकुमारी शर्माले गरेकी थिइन्।

- अादर्श समाज सम्वाददाता