वात्स्यायनलाई कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार

महासंघले प्रदान गर्ने ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ पोखराका वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’लाई प्रदान गरेको छ। साधारणसभामा राष्ट्रपति विद्यादेवी भण्डारीले वात्स्यायनलाई एक लाख रुपैयाँको उक्त पुरस्कार प्रदान गरेकी हुन्।त्यसैगरी, महासंघका पूर्व केन्द्रीय सदस्य स्व. गौरी कठायतको स्मृतिमा स्थापित १५ हजार रुपैयाँ राशिको ‘गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार’ तुलाराम पाण्डे (कालिकोट) र १० हजार राशिको ‘उमा सिंह राष्ट्रिय पत्रकारिता पुरस्कार’ गणेश चौधरी -कैलाली)लाई राष्ट्रपति भण्डारीले प्रदान गरिन्।

यस्तै प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट शिवबहादुर कार्की -मोरङ), याम प्रधान (सुनसरी), दिनेश देव -सिराह), धन लामा (काठमाडौं), चक्रपाणि नेपाल (काठमाडौं), चेतबहादुर सिं -काठमाडौं), लालकुमार भट्टराई (नवलपरासी), वद्रिविनोद प्रतिक (कास्की), नारायण भट्टराई (कास्की), झपेन्द्र वैद्य -प्यूठान) र चिरञ्जीवी अर्याल (सुखेत) लाई सम्मान गरिएको छ।

त्यसैगरी उत्कृष्ट शाखामा चितवन र प्रतिष्ठानमा कम्युनिकेशन कर्नरलाई सो अवसरमा सम्मान गरिएको थियो। साधारणसभामा महासंघका एक हजार छ सय ५१ पार्षद् सहभागी छन्।

- अादर्श समाज सम्वाददाता