‘धार्मिक सहिष्णुता कायम हुनुपर्छ’

नवलपरासी, २१ बैशाख। मौलाकालिका दर्शनपछि मन्दिरको आवास र विश्राम गृहको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा धार्मिक सहिष्णुता कायम हुनुपर्नेमा जोड दिएकी छन्।

उनले भनिन्-’हाम्रो देश मन्दिर नै मन्दिरले भरिएको देश हो। त्यसैले विश्वभर त्यसरी नै चिनाउनुपर्छ।’ उनले मौलाकालिका मन्दिरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा समेत जोड दिए।

करिब तीन मिनेटको सम्बोधनका क्रममा उनले नेपालको विकासका लागि धार्मिक सम्पदाको संरक्षण गरिनुपर्ने, धार्मिक क्षेत्रबाटै पर्यटकीय क्षेत्रको विकास गर्न सकिनेमा जोड दिइन्।

राष्ट्रपति भण्डारीले नवलपरासीको गैडाकोट-१ मा रहेको मौलाकालिमा मन्दिरको दर्शन गरेकी छन्।

मौलाकालिका मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको आवास र विश्राम गृहको उ्दघाटन कार्यक्रममा आमा समूहलाई प्रवेश नदिइएको भन्दै आयोजकको आलोचना भएको छ।

कार्यक्रममा प्रमुख अतिथिको स्वागत र कार्यक्रमको शोभा बढाउन भन्दै आयोजकले स्थानीय आमा समूलाई पत्राचार नै गरेर बोलाएको भए पनि कार्यक्रममा प्रवेश गर्न नदिएपछि उनीहरूले आयोजकको आलोचना गरेका हुन्।

- अादर्श समाज सम्वाददाता