असहाय बालबालिकाबीच नृत्य प्रतियोगिता

पोखरा, २१ बैशाख। अनुपम म्युजिक पोखराले विभिन्न बाल गृहमा आश्रति असहाय बाल बालिकाबीच सामूहिक नृत्य प्रतियोगिता आयोजना गर्‍यो।

तेस्रो अनुपम साङ्गीतिक साँझका सर्न्दर्भमा आयोजित प्रतियोगिताको अडिसन राउन्डबाट छ  समूह छानिएका छन्। कास्की र पाल्पाका गरी १९ बाल गृहको सहभागिता रहेको प्रतियोगिताबाट स्क्यान नेपाल, ड्यामसाइड, हिमालय बाल बालिका तथा वातावरण संरक्षण संस्था, जरेवर, सिर्जना बाल गृह, पोखरा-१७, महतगौँडा, रेन्बो चिल्ड्रेन होम नेपाल, लेकसाइड, हिमाली बाल कल्याण संरक्षण मञ्च, भकुन्डे र कोपिला बाल गृह, बगर, पोखरा उत्कृष्ट छमा पर्न सफल भएका छन्। उत्कृष्ट समूहहरूको फाइनल प्रस्तुति अनुपम साङ्गीतिक साँझमा प्रदर्शन गरी पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १० हजार, पाँच हजार र दुर्इ हजार पाँच प्रदान गरिने अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले जानकारी दिए।

- एजेन्सी